बिहीबार, असोज ४ २०७५ | Thu, September 20, 2018
नेपालको समय: २०:११ | Washington DC: 10:26

दुखद समाचार : जर्ज मेसनका बिधार्थीको हृदयघातबाट निधन

अमेरिकाको डिसी महानगर क्षेत्र को भर्जिनियाको हर्नडनमा बसोबास गर्ने एक होनहार नेपाली बिधार्थीको दुखद निधन भएको समाचार प्राप्त भएको छ । निधन भएका सिग्देल थरका बिधार्थीले जर्ज मेसन विश्वबिधालयबाट यसै बर्ष ग्र्याजुएट अध्ययन समाप्त गरेका थिए ।

गत मार्च १२ तारिख दिउसो घरमा कोही नभएको समयमा खाना बनाएर खाएर कुर्शीमा बस्ने क्रममा उनको हृदयघात बाट निधन भएकोनजिकका बाबुआमाका हितैसी तथा शुभ चिन्तकले ईनेप्लिजलाई जानकारी दिएका छन् ।

उनलाई उनकै घरमा बस्ने एक बिदेशीले हृदयघात भएको केही समयमा फेला पारि प्रहरीलाई खबर गरेपछि केही ढिला गरि स्थानीय रेष्टनको आपतकालिन सेवामा भर्ना गरिएको बताईएको छ ।

२२ बर्षिय सिग्देलको पार्थिव शरीर हाल रेस्टन अस्पतालमा राखिएको छ भने अस्पताल पुर्याउनु अगाडी नै उनको मृत्यु भएको चिकित्सकले परिवारलाई जानकारी दिएका थिए ।

आज सम्म सम्पूर्ण जांच को प्रतिवेदन समेत आउने हुनाले बिस्तृत जानकारी साँझ सम्म आउने आशा गरिएको छ ।

अस्पतालका अनुसार दाह संस्कार गर्ने ठाउँ खोज्न अस्पतालले परिवार र आफन्तलाई आग्रह समेत गरेको छ ।

नेपाली समुदाय यस्का लागि चाडो भन्दा चाडो दाह संस्कार केन्द्र को खोजीमा व्यापक लागेको जानकारी प्राप्त भएको छ ।

२०७४ फागुन २९ गते १६:२७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी