अनुभूति

इनेप्लिज २०७४ चैत १ गते २२:२१ मा प्रकाशित

तिम्रा ओठहरु खुल्नु भनेको
भर्खर रोपिएको विरुवा वरिपरि
पानीले भिाजउनु हो
गुजुमुज्जु खुम्चिएको
सूर्यमुखीमा
धाम उदाउनु हो ।
सग्लो नदीभित्र निडर भै
माछाजस्तै पौड्नु हो
चञ्चल भै उन्मत्त भै
कल्पनाको सुखानुभूतिमा दौड्नु हो
तिम्रा ओठ बन्द हुनु भनेको
तिमी मात्र पौडिरहने
यी नयनका बाँधहरु भत्किनु हो ।
उदेश्यमा पुग्न हतार बाटाहरु
मनकम्पका धक्काहरुले चर्किनु हो ।
पोखरीबाट भर्खर झिकिएको
माछाझैँ छटपटिनु हो ।
मट्यांग्राले पंख चुटाएको चरीझैँ
आकाशबाट खसिनु हो ।
त्यसैले त मेरा लागि
धर्तीको सूर्यलाई बादलले छेकोस्
या पहाडले
तर तिम्रा ओठहरुमा सूर्य उदाउ पुग्छ ।
मेरा हरेक बिरामीको औषधि
मेरो शक्ति तिमी
मात्र जीवनभर मुस्कुराए पुग्छ ।
चन्द्रपुर, रौतहट

प्रतिक्रिया