टोरोन्टो तथा ब्राम्प्टन मा नब आगन्तुक तथा निम्न आय परिवारका लागि “निशुल्क कर आबेदन शिबिर” संचालन

इनेप्लिज २०७४ चैत २ गते १०:१९ मा प्रकाशित

टोरोन्टो, क्यानाडियन नेवा गुठि ले  निम्न आय भएका परिवार र नब आगन्तुक हरुको लागि  प्रत्यक बर्ष  संचालन गर्दै आएको   “निशुल्क कर आबेदन शिबिर”  हालै  टोरोन्टो मा  संचालन  गरेको छ  ।सो शिबिर डाउन टाउन टोरोन्टोको कम्युनिटी माटर्स को कक्षमा गत मार्च १० का दिन संचालन गरिएको थियो। नेपाली समुदाय लाइ लक्षित गरि संचालन गरिएको सो कार्यक्रममा नेपाली समुदाय बाहिरका सेवाग्राही हरुले गुठीको सेवा प्राप्त गरेका थिए । सो कर आबेदन शिबिर मा गुठिका कर आबेदन कार्यक्र्मका सम्न्वयकर्ता रोडेस शाक्य, जन सम्पर्क प्रमुख नरेश ताम्राकार, किरण अवाल,अणु श्रेष्ठ, बन्दना पोखरेल ,बासुदेव लम्साल बीर काजी गुरुङ ले सेवा प्रदान गर्नु भएको थियो ।

त्यस्तै गरि गुठी र नेपलिज क्यनेडियन हेरिटेज सेन्टरको संयुक्त आयोजनामा ब्राम्प्टन क्षेत्रको लागि स्थानिय पशुपति नाथ नेपाली मन्दिरमा गत मार्च ११ का दिन निशुल्क कर आबेदन शिबिर संचालन गरिएको थियो । सो कार्यक्रममा गुठीका सचिब रबिन प्रधान, गुठीका कर आबेदन कार्यक्र्मका सम्न्वयकर्ता रोडेस शाक्य, बासुदेव लम्साल लगायतका स्वयंसेवा प्रदान गरेका थिए ।

साथै गुठीले बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि भुटानी समुदायको लागि सोहि सेवा आगामी मार्च १७ , शनिबार का दिन स्कारबोरोमा सन्चालन गरिने भएको को ब्यहोरा सम्न्वयकर्ता रोडेस शाक्यले बताउनु भएको छ ।

क्यानाडा को कानुन अनुसार प्रत्येक नागरिक, स्थायी बासिन्दा एबम अरु उल्लेखित व्यक्तिहरुले आफ्नो आय व्ययको विवरण अनिबार्य रुपमा अप्रिल महिनाको अन्त्य सम्ममा सरकार समक्ष पेश गर्नु पर्दछ ।

प्रतिक्रिया