साइकल पाएपछि रौतहटका छात्रामा देखियो उत्साह

इनेप्लिज २०७४ चैत २ गते २३:४४ मा प्रकाशित

गरुडा÷ निशुल्क साइकल पाएपछि विद्यालय जाने छात्राहरुमा उत्साह देखिएको छ । गरुडा नगरपालिका ५ लक्ष्मीपुरस्थित माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्ने प्रतिमा कुमारीले साइकल पाएपछि अन्य छात्राहरुले पनि विद्यालयमा नियमित पढ्न आउन थालेको बताइन् । “समयको बचत भएको छ र बचेको समय घरमा गृहकार्यमा लगाउन सजिलो भएको छ” उनी भन्छिन् ।
मौलापुर नगरपालिकाको सोनरनियामा हरेको माध्यमिक विद्यालयकी छात्रा सबिता पटेललाई विद्यालय जान अब हतार गरिरहनु पर्दैन । साइकल पाएपछि घरको काम सिध्याएर पनि समयमै विद्यालय पुग्न सजिलो भएको छ । छोरी भएपछि घरको काम पनि गर्नुपर्ने र विद्यालय पनि जानुपर्ने भएकोले साइकलले दुवै काममा सहयोग पु¥याएको बताउँदै उनी थप्छिन् “साइकलले विद्यालयमा छात्राको उपस्थिति बढेको छ ।”

रौतहट क्षेत्र नम्बर ३ का साँसद प्रभु साहले आफ्नो क्षेत्रका अधिकांश विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्रालाई साइकल उपलब्ध गराइसकेका छन् । गत वर्ष बगही, गोनाही, धरहरी, सोनरनिया, पथरा बुधराम, बसन्तपटी र पिपरिया दोस्तिया गाउँको माध्यमिक विद्यालयमा अध्ययनरत एक हजार ५०० छात्रालाई साँसद साहले निशुल्क साइकल बाँडेका छन् ।
यसै गरी गत केही महिनामा सिमरा भवानीपुर र मैढामा अध्ययनरत ४०० छात्रालाई साइकल प्रदान गरेका छन् । यसै गरी लक्ष्मीपुर र गरुडामा रहेका माध्यमिक विद्यालयमा पनि २०० साइकल प्रदान गरेका छन् ।
“देशकै सबैभन्दा कमजोर मानिएको रौतहटको शिक्षालाई अलिकति भए पनि माथि उठाउन आफ्नो तर्फबाट सकेको योगदान दिनुपर्छ भन्ने लागेर नै मैले कक्षा ८ देखि १० सम्म अध्ययनरत सम्पूर्ण छात्रालाई साइकल प्रदान गरी पुरस्कृत गर्ने योजना बनाएको छु” साँसद प्रभु साह भन्छन् ।

“बालिका शिक्षित भएपछि बालकको शिक्षामा अझ सकारात्मक प्रभाव पर्ने देखिएकोले सबैभन्दा बढी ध्यान बालिका शिक्षामा दिनु परेको छ ।” साँसद साहले साइकल पाउने बालिकाले आफू सम्मानित भएको अनुभव गर्ने र पढाइमा नियमित भएपछि शिक्षाको गुणस्तरमा सुधार हुने विश्वास आफूले लिएको बताएका छन् ।
साइकल प्राप्त गरेपछि विद्यालयमा बालिकाको उपस्थितिमा सुधार आएको र छात्राहरुले पढाइमा पनि केही सुधार गरेको अनुभव

शिक्षकहरुको छ । मावि बगहीका प्रधानाध्यापक पवनकुमार पंडितले छात्राहरुको उपस्थितिमा उत्साहजनक सुधार आएको बताउँछन् । उपस्थितिमा सुधार आएपछि गुणस्तरतर्फ केन्द्रित हुनुपर्ने बाध्यता भएको प्रअ पंडितको भनाइ छ ।
साँसद साहको कार्यलाई अनुकरण गर्दै कटहरिया नगरपालिकाले पनि साढे तीन सय साइकल वितरण गरेको छ । मावि कटहरिया र मावि भसेढवामा अध्ययनरत साढे तीन सय छात्रालाई हालै साइकल वितरण गरिएको कटहरियाका नगर प्रमुख सियाराम कुशवाहाले बताएका छन् । साइकल वितरणपछि बालिका शिक्षामा परेको सकारात्मक प्रभावलाई विचार गरेर निरन्तरता दिएको नगर प्रमुख कुशवाहाको भनाइ छ ।

साइकल पाएपछि बालिकाहरुको पढाइमा पनि सुधार आएको एकजना अभिभावक त्रिभुवन साह बताउँछन् । साइकल वितरण कार्यमा निरन्तर सक्रिय रहेका साह भन्छन् “बालिकाको आत्म सम्मान र स्वाभिमान बढाउने काम भएको अनुभव छात्राहरुमा भएको छ ।”

साइकल वितरण गर्ने कार्यले छात्रा शिक्षामा सकारात्मक प्रभाव देखिएकोले समाजमा निकै धेरै प्रशंसा हुन थालेको छ । यसले सामाजिक परिवर्तन ल्याउन निकै ठूलो भूमिका खेल्ने पनि विश्वास अभिभावकहरुले लिएको साह बताउँछन् । छात्राहरुको विद्यालय उपस्थिति र पढाइ दुवैमा उत्साह देखिएपछि साइकल वितरण गर्ने पक्षलाई पनि हौसला प्राप्त भएको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा बताउँछन् – छात्राहरुमा आएको उत्साहले हामीलाई पनि उत्स

प्रतिक्रिया