डिसी राजधानी मन्दिरमा बंगलादेश बिमानमा मृत्यु भएका लागि प्रार्थनाको आयोजना गरिने

इनेप्लिज २०७४ चैत ३ गते २:१७ मा प्रकाशित

 

विजय थापा ,अमेरिकाको डिसी महानगर को भर्जिनिया स्थित राजधानी मन्दिरमा नेपालमा बंगलादेशको बिमान दुर्घटना मा परि मृत्यु हुने हरुको लागि प्रार्थनाको आयोजना गरिने भएको छ ।

आगमी आइतबार मार्च १८ तारिख साँझ ५ देखि ६ बजे सम्म हुने उक्त प्रार्थनामा मैन बत्ति बालि दिवंगत हुनेहरुका लागि आत्मा को चिर शान्तिको कामना गर्दै प्रार्थना गरिने भएको छ ।

कार्यक्रम को आयोजना अमेरिका नेपाल सोसाइटी को युवा समूह टेन्डर हार्ट फाउन्डेसन को अगुवाईमा हुने भएको छ । उक्त कार्यक्रमको लागि यस क्षेत्रमा बसोबास गर्ने सवैमा उपस्थिति जनाई दिनु हुन् समेत अमेरिका नेपाल सोसाइटीका वर्तमान अध्यक्ष प्रभा भट्टराई देउजाले यसै मार्फत आग्रह गरेकी छिन् ।

प्रतिक्रिया