जनसांस्कृतिक महासंघ, नेपालको प्रेस विज्ञप्ति

इनेप्लिज २०७४ चैत ३ गते १०:१२ मा प्रकाशित

समाजको प्रगति एवं समान विकासको लागि प्रगतिशील संस्कृतिको भूमिका अग्रस्थानमा रहँदै आएको छ । साथसाथै समाजको गतिलाई पश्चगामी वा यथास्थानमै रुमल्न परम्परागत र भ्रमपूर्ण गलत संस्कारहरुको भूमिका उत्तिकै रहन्छ । सारतः समाजलाई अग्रगति प्रदान गर्न वा पश्चगमनतिर फर्काउन मुख्य भूमिका संस्कृतिले श्रृजना गर्दै आएको छ । उपरोक्त सन्दर्भमा समाजको ऐतिहासिक र द्वन्द्वात्मक भौतिकवादी पक्षलाई आत्मसात् गर्दै संस्कृतिमा रहेको प्रगतिशील पक्षलाई स्वीकार गर्ने संस्कृतिकर्मीहरुले नै समाजमा विद्यमान भ्रमपूर्ण अवस्थामाथि प्रहार गर्दै आएका छन् । यसै सन्दर्भमा जनसांस्कृतिक महासंघ, नेपालले प्रगतिशील सांस्कृतिक क्षेत्रमा विभिन्न विधामा योगदान गर्ने विशिष्ठ व्यक्तित्वलाई सम्मान गर्ने संस्कृतिको स्थापना स्वरुप जनसांस्कृतिक राष्ट्रिय सम्मान यसै वर्षवाट स्थापना गरेको छ ।

२०५५ साल चैत्र ५ गते काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा प्रगतिशील गीत गाउँदै नयाँ सांस्कृतिक अभियानमा संलग्न सातजना जनकलाकारहरुलाई तत्कालीन राज्य पक्षबाट सामूहिक हत्या गरिएको दिनलाई समेत सम्झदै सबैप्रकारका प्रगतिशील÷जनवादी सांस्कृतिक आन्दोलनमा सहादत प्राप्त गर्ने १६० भन्दा धेरै प्रगतिशील÷जनवादी सांस्कृतिक सहिदहरुको सझनामा सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ । यसै दिनमा आगामी प्रत्येक वर्ष विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै जाने प्रतिबद्धतासहित जनसंस्कृतिकर्मी श्री मणि थापा नेतृत्वको सात सदस्यीय छनोट समितिले यस वर्ष निम्न अनुसारका विधामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।

१) जनसांस्कृतिक राष्ट्रिय सम्मान (लाइफटाइम एचिभमेन्ट) – श्री नारायणभक्त श्रेष्ठ ‘रायन’
२) जनसांस्कृतिक राष्ट्रिय सम्मान (प्रगतिशील साहित्यतर्फ)– श्री विमल निभा
३) जनसांस्कृतिक राष्ट्रिय सम्मान (प्रगतिशील संगीततर्फ) – श्री जीवन शर्मा
४) जनसांस्कृतिक राष्ट्रिय सम्मान (प्रगतिशिल गायनतर्फ) – श्री सिता आचार्य
५) जनसांस्कृतिक राष्ट्रिय सम्मान (प्रगतिशील चलचित्रतर्फ) – श्री सुभाष गजुरेल
६) जनसांस्कृतिक राष्ट्रिय सम्मान (प्रगतिशील ललितकलातर्फ)–श्री रामकृष्ण भण्डारी
७) जनसांस्कृतिक राष्ट्रिय सम्मान (प्रगतिशील नाट्यतर्फ ) – श्री अशोक शिवाकोटी
८) जनसांस्कृतिक राष्ट्रिय सम्मान (प्रगतिशिल नृत्यतर्फ) – श्री जाइका वान्तवा राई

सम्मानित हुनुहुने सबै विशिष्ठ व्यक्तित्वहरुप्रति हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा मानव जातिको मुक्ति प्रगति र समानताको मार्गमा तपाईंहरुको श्रृजना समर्पित रहिरहने विश्वासका साथ महासंघ शुभकामना व्यक्त गर्न चाहन्छ ।

सरल सहयात्री
अध्यक्ष
जनसांस्कृतिक महासंघ, नेपाल
मितिः २०७४ चैत ३

प्रतिक्रिया