अमेरिकन सरकारका कर्मचारीलाई चन्द्रागिरि केवलकार अस्थाई अवलोकन नगर्न अमेरिकन राजदुताबासको सुरक्षा सतर्क जारी

इनेप्लिज २०७४ चैत ४ गते १२:२८ मा प्रकाशित

नेपाल स्थित अमेरिकन राजदुताबासले अमेरिकन सरकारका कर्मचारीलाई चन्द्रागिरि केवलकार अस्थाई अवलोकन नगर्न अमेरिकन राजदुताबासले सुरक्षा सतर्क सूचना जारी गरेको छ । गत मार्च १६ तारिख अमेरिकन राजदुताबासले सूचना टास गरेको छ ।

यसको साथै अन्य काठमाडौँ उपत्यका का अन्य स्थानमा पनि अवलोकन नगर्न आग्रह गरेको छ । चन्द्रागिरि हिल्स केवलकार वरपरका स्थानीय समूह द्वारा डरत्रास गरिएको बारेमा जानकार रहेको उक्त सूचनामा लेखिएको छ । उक्त क्षेत्रमा मार्च को अन्तिम समयमा नजान यसो गरेको हो । धार्मिक र ऐतिहासिक घटनाका कारण चर्चित चन्द्रागिरि पर्यटकीय गन्तव्यको रूपमा परिचित छ । दैनिक हजारौं मानिस आधुनिक केबलकारमा चढेर समुद्र सतहबाट २,५५१ मिटर अग्लो चन्द्रागिरि पुगिरहेका छन्।

सूचनाको आधारमा उक्त क्षेत्र मा अमेरिकन सरकारका कर्मचारीलाई उक्त डरत्रास धम्कि भएकोले उक्त समयावधि को लागि मात्र अनुमति नदिने भनि सूचना टास गरेको छ । यसै गरि उक्त समूहले काठमाडौँ उपत्यकाका निजि व्यवसाय ,स्थानीय तथा अन्तर रास्ट्रिय बिद्यालयका बिरुद्ध हिंसा का गतिबिधि गर्ने र लाग्ने भएको ले सूचना जारी गरेको उल्लेख गरेको छ ।

यसको साथै चन्द्रागिरि केवलकारमा मार्च को अन्तिम समयमा नजाने ,काठमाडौँ उपत्यकामा सतर्क हुने तथा कुनै घटना भए नेपाल प्रहरीलाई खबर गर्ने जनाएको छ ।

प्रतिक्रिया