क्यानेडियन नेवा गुठी द्वारा भुटानी समूदायको लागि “निशुल्क कर आबेदन शिबिर” सन्चालन

इनेप्लिज २०७४ चैत ४ गते १६:२५ मा प्रकाशित

टोरोन्टो, बिगत का बर्षहरुमा झै क्यानेडियन नेवा गुठी ले भुटानी समूदायको लागि टोरोन्टो स्थित स्कार्बोरोमा “निशुल्क कर आबेदन शिबिर” सन्चालन गरेको छ । नब आगन्तुक र निम्न आय भएका परिवारहरु लाई लक्षित गरि संचालन गरिएको सो शिबिरमा ४० जनाले कर आबेदन सम्बन्धि सेवा प्राप्त गरेका थिए ।

टोरोन्टोमा बर्षेनि बढ्दै गरेको भुटानी समुदायलाई दृष्टिगत गरि उनिहरुको सजिलोको लागि घर दैलो नजिकको पायक पर्ने स्थानमा शिबिर सन्चालन गरेको गुठी श्रोत बताउन्छन । शिबिरमा सेवाग्राहिहरुले आफ्नै भाषामा निसन्कोच रुपमा आफ्नो कर सम्बन्धि तथ्याक बताइ कर आबेदन गर्न पाएकोमा खुसि ब्यक्त गर्नु हुदै सहयोगी संस्था क्यानेडियन नेवा गुठी लाई हार्दिक आभार ब्यक्त गरेका थिए । अर्का सेवाग्राहीले नेपाली संस्थाले भुटानी समुदायको लागि पनि सहयोगको हात बढाउनु गुठीको उदारताको उदाहरण हो भन्नु भयो।

उक्त शिबिरमा गुठीका कर आबेदन सम्बन्धि संयोजक रोडेस शाक्य सी.पी.ए,/सी.एम.ए., गुठी सचिब सी.पी.ए,/सी.जी.ए. रबिन प्रधान, जन सम्पर्क प्रमुख नरेश ताम्राकार, कार्यसमिति सदश्य नबिन श्रेष्ठ , सदस्य अणु श्रेष्ठ , सहयोगी बीर काजी गुरुङ ले आफ्नो सेवा प्रदान गरेका थिए भने गुथिका युबा सदश्य प्रणय शाक्यले पनि कर आबेदन कार्यमा सहयोग गरेका थिए । गुठीले गत मार्च १० मा डाउन टाउन टोरोन्टोमा र मार्च ११ मा नेपलिज क्यनेडियन हेरिटेज सेन्टर संग सहकार्य गरि ब्राम्प्टन स्थित पशुपति नाथ नेपाली मन्दिरमा “निशुल्क कर आबेदन शिबिर” सन्चालन गरि सकेको छ।

स्मरण होस, क्यानेडियन नेवा गुठी ले भुटानी समुदायको लागि गत २०१० देखि प्रत्यक बर्ष कर शिबिर सन्चालन गर्दै आएको छ भने समय समयमा स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु पनि सन्चालन गर्दै आएको छ।

क्यानाडा को कानुन अनुसार प्रत्येक नागरिक, स्थायी बासिन्दा एबम अरु उल्लेखित व्यक्ति हरुले आफ्नो आय व्ययको विवरण अनिबार्य रुपमा अप्रिल महिनाको अन्त सम्ममा सरकार समक्ष पेश गर्नु पर्दछ ।

प्रतिक्रिया