कानूनका अभावमा काम हुन सकेनः मन्त्री रावल

इनेप्लिज २०७४ चैत ५ गते १४:२४ मा प्रकाशित

काठमाडौँ, ५ चैत : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश मन्त्रालय सञ्चालनसम्बन्धी आवश्यक ऐन र कानूनका अभावमा प्रभावकारी कार्यसम्पादन हुन नसकेको बताउनुभएको छ ।

अनेरास्ववियु हुम्ला–काठमाडौँ सम्पर्क कमिटीले आज आयोजना गरेको बधाई कार्यक्रममा मन्त्री रावलले
प्रदेशलाई समृद्ध बनाउने गरी सरकारले काम शुरु गरेको बताउँदै भन्नुभयो, “केन्द्रमा जस्तो प्रदेश मन्त्रालयका ऐन र कानून बनेका छैनन्, दैनिक कार्य सञ्चालनसँगै ऐन र कानून निर्माणलाई अगाडि बढाएका छौँ ।” सांसद छक्कबहादुर लामाले केन्द्र र प्रदेश सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले)का वैकल्पिक पोलिटब्यूरो सदस्य गोरखबहादुर बोगटी, कमिटीका अध्यक्ष रवीनविक्रम शाहीलगायतले संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्धि बनाउनु अबको कार्यभार भएको बताउनुभयो ।

प्रतिक्रिया