सरकारले दुई तिहाईको ध्वाँस देखाएर सबै क्षेत्रलाई तर्साउन खोज्दै : देउवा

इनेप्लिज २०७४ चैत ५ गते १४:३९ मा प्रकाशित

चितवन, चैत  ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुले सरकारले दुई तिहाईको ध्वाँस देखाएर सबै क्षेत्रलाई तर्साउन खोजेको आरोप लगाएका छन् ।

कांग्रेस समर्थक कर्मचारी युनियनको महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले दुई तिहाईको ध्वाँस देखाएर तर्साउन खोजेको आरोप लगाए ।

दुई तिहाईको ध्वाँस देखाएरै न्यायपालिकामा सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै उनले त्यस्तो हस्तक्षेप मान्य नहुने बताए ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पर्याप्त बहुमत रहेको सरकारलाई दुई तिहाई किन चाहियो भन्ने प्रश्न गर्दै दुई तिहाईको बलमा संविधानलाई नियन्त्रण गर्ने प्रयास हुनसक्ने आशंका ब्यक्त गरे ।

प्रतिक्रिया