५८ जना चेलीहरुलाई खाडी मुलुक लगाएत विभिन्न देशबाट उध्दार गर्न सफल आँङ् कामी शेर्पाको नाममा समर्पित यो गित (भिडियो)

इनेप्लिज २०७४ चैत ५ गते २१:५६ मा प्रकाशित

अमेरिकामा लामो समय देखी बस्दै आउनु भएका समाजसेवी आँङ् कामी शेर्पा उनले पछिल्लो समय ३ महिना १२ दिन सिरियामा थुनेर राखेका सुकुमाया लिम्बुलाई तीन महिना निरन्तर लागेर उद्दार गर्न सफल भएको बताउछन् । ‘दिनरात नभनी महिनौ लगाएर सुकुमायालाई नेपाल फर्काउन पाउँदा निकै खुसी लाग्यो,’ उनले भने, ‘सुकुमायालाई बेच्ने तीन जना दलाललाई पत्ता लगाएपछि सहयोगीहरु र तिनै दलालबाट संकलन भएको रकमबाट लिम्बुलाई उद्दार गर्न सफल भएको हो ।’

विदेशमा दुः ख पाएका नेपालीको सहयोगमा खट्दै आएका उनीसँग नेपालबाट मानव तस्करीमा लाग्नेको लामो सूची छ । महिलाहरुको साथै उनले साउदीमा तीन महिनादेखि काम नपाएर अलपत्र भएका २६ जना पुरुषका लागि पनि सहयोग गरिरहेका छन् । उनले गरेको मानवीय सेवाको कार्यहरुको लाइभ हेर्ने हजारौले निकै मार्मिक टिप्पाणीहरु दिँदै आएका छन् ।

विदेशमा बसेर पनि सामाजिक सञ्जालको माध्यमबाट उनले गरेको यो मानवीय सेवालाई सिआइबी, सम्बन्धीत देशका दुतावासका कर्मचारीहरु र नेपालबाट दावा थोकर तामाङ, कलाकार नवीन खड्काबाट सहयोग पाइरहेको उनले बताए । उनले अहिलेसम्म कुवेत, लेबनन, मलेसिया, ओमान र सिरियाबाट पीडितको उद्दार गर्दै आएका छन् । ‘भगवानको कृपाले मैले थालेको कार्यबाट सबैको सहयोगले धेरैको उद्दार गर्न पाएँ । पीडितहरुको उद्दारका लागि भविष्यमा सबैको सहयोगको आशा गरेको छु ।’
एभरेस्ट टाइम्सको सहयोगमा

प्रतिक्रिया