लाउडन नेपाली परिवार भेला सम्पन्न, युवा खेलाडी भन्छन ,हामीलाई हौशला र समर्थनको खाचो

इनेप्लिज २०७४ चैत ६ गते १:५२ मा प्रकाशित

विजय थापा ,अमेरिकाको ३ हजार ७ वटा काउन्टी (जिल्ला) मध्ये कै सर्वाधिक धनाड्य लाउडन काउन्टीमा बसोबास गर्ने नेपाली समुदायको भेला सफलता पुर्वक सम्पन्न भएको छ । अपेक्षा गरे भन्दा नेपाली समुदायको सहभागिता ज्यादा रहन पुग्यो भने युवाहरुको पनि यतिकै सहभागिता रहेको थियो ।

गत बर्षको एक सर्वेक्षण मा यस काउन्टीमा बसोबास गर्ने एक परिवारको खुद कमाई बार्षिक औसत मा $ १ लाख २५ हजार भएकोले केही बर्ष देखि यो जिल्ला सर्वाधिक धनाड्यमा परेको छ । साथै बसाई को हिसावले शान्त मानिन्छ । नेपाली समुदायको बसाई तिब्र रुपमा वृद्धि भै रहेकोले यो भेला गराउनु पनि मुख्य उद्धेश्य रहेको थियो ।

यस क्षेत्र कुनै पनि व्यवसाय संचालन गरेका नेपाली समुदाय बीच अझ त्यो व्यवसायलाई कसरी वृद्धि गर्न सकिन्छ र एक आपसमा सहयोग गर्न सकिन्छ भन्ने हेतुले भेलाको आयोजना गरिएको थियो ।

लाउडन नेपाली फ्यामिली (परिवार ) नामक भेला कुनै पनि संघ/संस्था खोल्नको लागि भेला गराईएको थिएन । न त् त्यहाँ कुनै नया कार्यकारी समिति नै बन्यो  न कुनै तदर्थ समिति को निर्माण भयो । भयो त एक आपसमा चिनजान ,विश्वास ,आत्मीयपन तथा दोश्रा पुस्तालाई अवसर । दोश्रा पुस्ताले नेपाली भाषामा आफ्ना कुराहरु राखे ।

भाषण कसैले छाट्ने कुरै भएन । भाषण गर्ने मंच पनि थिएन । मन्तब्य राखेहरु को पनि ताती थिएन । लाउडन नेपाली परिवा को लागि भेटघाट कार्यक्रम को पहल गर्ने यूवा निशेष भट्टराईले चाजो मिलाए । युवा भटराई ले किन भेटघाट को लागि कार्यक्रम आयोजना गरेको भन्ने बारे छोटो प्रस्तुति गरे । उनले आगामी नया नेपाली बर्ष बनभोज कार्यक्रमको आयोजना गरि मनाउने पनि सोच रहेकोले नेपाली शैलीमा मनाउनु पर्छ भनि सवैमा आग्रह गरे ।

उनलाई उक्त बनभोजको आयोजना भयो भने बदेलको मासु ,तिलको अचार ,सेलरोटि ,ढिडो ,फापरको रोटि जस्ता पनि समावेस गराउन प्रस्ताव पनि आयो ।

उक्त जिल्लामा बस्ने ८६ बर्षिय वरिष्ठ नेपाली नागरिकले आशिर्वाद केही मन्त्र दिएका थिए भने उनकी धर्मपत्नी ६६ बर्षियले पनि नेपालीहरुको जय होस् भनिन । एनपीपीए का मनोहर श्रेष्ठ ,आन्वा कि सक्रिय सदस्य भवानी शर्मा ,संचारकर्मी विजय थापाले आफु कहिले देखि बसेको र किन मन पर्यो सहित अन्य कुराहरु छोटकरीमा राखेका थिए ।

सवैभन्दा महत्वपूर्ण कुरा चै उपस्थित भएका युवा भकुण्डो खेलाडीहरुले आफ्नो परिचय दिदै आफ्ना कुराहरु नेपाली समुदायमा स्पष्ट संग राखे । उक्त भकुण्डो टोलि मा सवै खेलाडीहरु उपस्थित नभए पनि आफ्नो समूहको परिचय दिएका थिए । उक्त भकुण्डो टोलिलाई नेतृत्व गर्दै आएका निश्चित थापाले सवैको परिचय गराएका थिए । सवैले छोटोमा आफ्ना कुराहरु राखेका थिए ।

तर निश्चित थापाले हामीलाई समुदायको हौशला चाहिन्छ भने । उनले अगाडी हामीलाई यहाहरुको समर्थन चाहिन्छ भने । उनले अन्य शहरहरुमा समुदायको समर्थन हुन्छ भने । हामी अन्य राज्यहरुमा गएर भकुण्डो खेलेको प्रसंग उठाए । थापाले किटान साथ निशेष भट्टराई तथा कबिन सिटौलाले बिगतमा गरेको सहयोगको चर्चा गरे ।

तर अहिले सम्म बिजेता बन्न सकिएन पनि भनि कुरा नलुकाई आफ्ना अभिभावक तथा उपस्थित नेपाली समुदायका सामु आफ्ना कुरा थापाले राखे । कार्यक्रम छोटो ,मिठो हुनु को साथै भट्टराई निशेष को पहल तर्थ समाज सेवी कविन्द्र सिटौला को समेत सहयोग रहेको थियो । कार्यक्रम पश्च्यात खाजाको पनि व्यवस्था गरिएको थियो ।

अमेरिकाको भर्जिनिया राज्यको लाउडन काउन्टी (जिल्ला ) अमेरिका कै सर्बाधिक धनि कायमै हुन सफल भएको छ l निरन्तर रुपमा अग्रता कायम गर्दै अमेरिकामा ३ हजार ७ वटा जिल्ला मै सबै भन्दा धनि बन्न गत बर्ष २०१७ मा पनि सफल रहेको जन गणना विभागले जनाएको थियो ।

प्रतिक्रिया