ताजा समाचार : अमेरिकाको टेक्ससको अस्टिनमा बिस्फोट

इनेप्लिज २०७४ चैत ७ गते १:०३ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको अमेरिकाको टेक्ससको अस्टिनमा बिस्फोट भएको खबर छ । अस्टिन अधिकारीहरुले आज मंगलबार साँझ यस्तो घटना भएको जानकारी दिएका छन् ।

जसको कारण एक व्यक्ति घाइते भएको समाचार अस्टिन ट्राभिस काउन्टी (एटिसीईएमएस )ले दिएको छ । उक्त घटनामा पुरुष घाइते भएका छन् भने उनि  खतरा मुक्त छन् । उपचारको लागि अस्पताल लगिएको छ ।

अनुसन्धानकर्ताहरु बिगत केहि दिन देखि क्रमिक रुपमा गरि रहेको शंकास्पद बम बिस्फोटन गर्नेको व्यापक खोजि भै रहेको जनाएको छ । यसै गरि मंगलबार भन्दा अगाडी फेडेक्स समान पठाउने केन्द्रको नजिक सान एन्टोनियोमा सामग्री बिस्फोट भै कामदार सामान्य घाइते भएका थिए ।

यो बिस्फोटले कुनै हानि नोक्सानी नभएता पनि जस्तो कारण बिगतमा भएको बिस्फोटले दुई जनाको ज्यान गइ सकेको र अन्य ४ जना घाइते भएका थिए भने सीबिएसले समाचार लेखेको छ ।

तस्बिर सौजन्य :अस्टिन प्रहरी बिभाग

प्रतिक्रिया