सेतै तुसारो घर वरीपरी हीऊ पर्यो : रोजा ओली

इनेप्लिज २०७४ चैत ७ गते २३:०५ मा प्रकाशित

 

सेतै तुसारो घर वरीपरी हीऊ पर्यो
कता -कता मन बहकीएर आखा बाट आशु झर्यो

कस्लाई भन्ने मनको ब्यथा आफ्नो कोइ नहुदा
प्रकृती नि जिस्काए झैँ लाग्छ बहकीएर म रूदा

खुशी हासों हुन्थीयो होला तिमी मेरो साथ हुदा
जिन्दगी नै जिउन गाह्रो तिमी मेरो पास न हुदा

प्रतिक्रिया