कागजात नभएका आप्रवासीलाई पक्राउ गरिएको भिडियो व्यापक भए पछि बिना अभियोग रिहाई

इनेप्लिज २०७४ चैत ८ गते १:०६ मा प्रकाशित

सान डिएगोमा अवैध रुपमा अमेरिका पसेका आप्रवासीलाई अमेरिकन सीमा सुरक्षा प्रहरीले पक्राउ गरे पछि उनका सन्तानले चिच्याएको श्रब्य दृश्य व्यापकमा पनि महाव्यापक भए पछि बिना अभियोग रिहाई गरिएको छ ।

व्यापक भएको भिडियो देखे पछि कैयौ मानिसलाई क्रोध बनाएको थियो । पक्राउ गरिएको मोरल्स लुनालाई बिना अभियोग रिहा गरिएको छ भने दुई हप्ता पछि परिवार बिच पुनर्मिलन भए पछि भाबुक बनेका थिए ।

३६ बर्षिय आमालाई गाडीमा धक्का दिदै एसयुभी गाडीमा सादा पोशाकमा तैनाथ भएका अध्यागमन विभागका अधिकारीहरुले आफ्ना ३ छोरीको अगाडी लादै गर्दा को भिडियो व्यापक बनेको थियो । तीनै छोरीहरु अमेरिकन नागरिक हुन् । आफ्नी आमालाई संघिय कारावास केन्द्रमा लाग्ने क्रममा छोरीहरु चिच्याएका थिए ।

अमेरिकन सीमा सुरक्षा अधिकृतका अनुसार मोरल्स लुना मानव तस्कर सहजकर्ता भएको पहिचान गरिएको दाबि गरेका थिए । जसले चालक नियुक्ति गरेर गैर कानूनी रुपमा बिदेशी नागरिकलाई अमेरिका ल्याउने गरेको आरोप छ । उनले आफै आत्म समर्पण गर्न अस्विकार गरे पछि पक्राउ गरिएको हो ।

उनलाई बिना आरोप कुनै मुद्धा दायर नगरी छोडिएको छ भने मोरल्स लुनाको कुनै पनि अपराधिक गतिविधिमा संलग्न नभएको अभिलेख पाइएको छ । गैर कानुनि रुपमा १५ बर्षको उमेरमा अमेरिका भित्रिएको बाहेक उनि कुनै अपराधी गतिबिधिमा संलग्न पाइएको छैन ।

सान डोएगोमा बिगत दुई बर्ष अगाडी भन्दा हाल ५ सय प्रतिसत कागजात नभएका आप्रवासीहरु कुनै अपराधी गतिविधिमा संलग्न भएको पाइएको छैन । यसै गरि अपराधी गतिविधिमा संलग्न भएकाहरु केवल ७ प्रतिसत मात्र लाई पक्राउ गरिएको छ । अझ पनि उनि लाई देश निकाला गर्न सक्ने सम्भावना रहेको समाचार सीबिएसले लेखेको छ ।

भिडियो श्रोत सीबिएस :

https://www.cbsnews.com/video/video-of-womans-immigration-arrest-sparks-outcry/

 

प्रतिक्रिया