आइतबार, साउन ६ २०७५ | Sun, July 22, 2018
नेपालको समय: ०६:३२ | Washington DC: 20:47

जीडीपीमा पर्यटनको योगदान २५ प्रतिशत पुर्‍याउने कार्ययोजना बनाउँदैछु : पर्यटनमन्त्री अधिकारी

काठमाडौँ, ८ चैत । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा पर्यटनको योगदान २५ प्रतिशत पुर्‍याउने गरी आफूले कार्ययोजना तयार पारिरहेको बताएका छन् ।

पर्यटन पत्रकार संघ (जाट–नेपाल) का प्रतिनिधिमण्डलसँग बिहीबार मन्त्रालयमा भएको भेटमा पर्यटनमन्त्री अधिकारीले जीडीपीमा अहिले भईरहेको साँढे तीन प्रतिशत हाराहारीको योगदानलाई २५ प्रतिशतमा पुर्‍याउने गरी काम थाल्ने कार्ययोजना बनाइहेको बताएका हुन् ।

‘अबको एक वर्षभित्रमा पर्यटनमा सबैले केहि न केहि नयाँ परिवर्तनको महशुस गर्नुहुनेछ । हामीले २०२० मा १५ लाख पर्यटक नेपाल भित्र्याउनेछौँ’ भेटमा उनले भने, ’हामी पर्यटनबाट जीडीपीमा अहिले भईरहेको करिब साँढे तीन प्रतिशत योगदानलाई कम्तीमा २५ प्रतिशतमा पुर्‍याउनेछौँ । त्यो कार्ययोजना बन्दैछ, छिट्टै सार्वजनिक गर्नेछु ।’

पूर्वाधार विकासमा सरकारले विशेष ध्यान दिने र बाँकी निजी क्षेत्रको सहयोगमा पर्यटनको दिगो विकासको कार्ययोजना अगाडि बढ्ने उनले सुनाए । त्यस्तै पर्यटन विश्वविद्यालयको स्थापना गर्न आफू लागिपरेको पनि उनले बताए ।

आगामी दिनमा गुणस्तरीय पर्यटक भित्र्याउने दिशामा सरकार अगाडि बढेको पनि उनले सुनाए । भेटमा उनले पर्यटन पत्रकार संघ (जाट–नेपाल)का पदाधिकारी एवं सदस्यहरुलाई रचानात्मक सहयोग गर्न पनि आग्रह गरे ।

२०७४ चैत ८ गते १२:५५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी