राष्ट्रपति ट्रम्प द्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार म्याक मास्टर प्रतिस्थापन ,जोन बोल्टन नया राष्ट्रिय सुरक्षा सल्लाहकार

इनेप्लिज २०७४ चैत ९ गते ०:०९ मा प्रकाशित

मार्च २२,अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले पुन: राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरलाई प्रतिस्थापन गर्दै जोन बोल्टन नया राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति गरेका छन् ।

उनले आज बिहिबार सयुक्त राष्ट्र संघमा पूर्व राजदुत जोन बोल्टनलाई आगामी अप्रिल ९ तारिख देखि लागु हुने गरि मनोनित गरेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक संजालमा खुशी व्यक्त गर्दै आगामी अप्रिल ९ तारिख देखि लागु हुने गरि मेरो नया राष्ट्रिय सुरक्षा सल्लाहाकारमा जोन बोल्टन लाई नियुक्त गरेको उल्लेख गरेका छन् ।

उनले म्याक मास्टर ले उत्कृष्ट काम गरेको उल्लेख गर्दै सदैव मेरो मित्र रहने जनाएका छन् । व्हाइट हाउस बाट जारी वक्तव्यमा सैनिक सेवामा दशकौ काम गरेको सेवा प्रति प्रशंसा गरेको छ । म्याक मास्टर क्रियाशील कर्तब्य सहित ३ तारे सेनानायक हुन् भन्दै वक्तव्यमा उनले ३४ बर्ष सेवा गरेको उल्लेख गरेको छ ।

वक्तब्यमा उनले ग्रीष्म ऋतु देखि नै अमेरिकन सेना बाट सेवा निवृति को लागि अनुरोध गरेको जनाईएको छ ।

प्रतिक्रिया