डाक्टर बन्न चाहेकी केकी कसरी बनिन् अभिनेत्री ?

इनेप्लिज २०७४ चैत ९ गते १०:५१ मा प्रकाशित

धेरैलाई थाहा नहुन सक्छ, उनको नामको अर्थ । नामले पनि उनको सुन्दरतासंग मेल खान्छ  । सबै कुरामा तालमेल मिलेकि उनि हुन् नायीका केकी अधिकारी । केकीको अर्थ चराहरुकी रानी मानिने मयुर भन्ने हुन्छ ।

नाम र कामको तादम्यता हुनु निकै दुर्लभ कुरा हो । तर, केकी यसर्थमा पनि भाग्यमानी छिन् कि उनका अभिभावकले नाम राख्दाको भविष्यवाणी सफल भएको छ । केकीको प्रतिभा र सुन्दरताको अगाडि यी आवरणको मयुरीकरण  फिक्का सावित हुन्छ ।

केकीको कलिलो उमेरमै सफलताका पछाडि मेहनत, लगन र परिवारको पूर्ण सहयोगले जति भूमिका खेलेका छन् त्यति नै भूमिका खेलेको छ उनको स्वस्थ ज्यानले पनि । उनी निकै स्वास्थ्य कन्सियस छिन् । चिल्लो, पिरो र मासुजन्य कुराहरु स्वास्थ्यकै लागि भनेर निकै कम खान्छिन् । ‘मेरो खानामा हाइजेनिक र ब्वायल फुड धेरै हुन्छ,’ उनले भनिन् ।  उनले धेरै खाने खानामा रोटी हुन्छ भने बाहिर खानुप¥यो भने आफ्नो खानाको जोहो आफँै गरेर मात्रै निस्किन्छिन् । ‘बाहिरको खाना खानुभन्दा एकछाक त फ्रुटहरु खाएर नै बिताउँछु,’ उनी भन्दै थिइन् ।

प्रतिक्रिया