माइकल ज्याक्सनकी छोरी समलिंगी

इनेप्लिज २०७४ चैत १९ गते २३:५९ मा प्रकाशित

लसएञ्जलस । पपस्टार स्वर्गीय माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनले आफू समलिंगी भएको खुलासा गरेकी छन् । १९ वर्षीया पेरिसले ब्रिटिस मोडल तथा अभिनेत्री कारा डेलेवेनसँग रिलेसनसिपमा आफू रहेको उल्लेख गरेकी छिन् ।

पेरिसका भार्इ प्रिन्सले भनेका छन्, ‘यदि माइकल ज्याक्सन जीवित हुन्थे भने यो थाहा पाएर गर्व महसुस गर्थे ।’ लामो समयदेखि पेरिस र काराको सम्बन्धबारे सञ्चारमाध्यममा गसिप बनेको थियो । पहिलो पटक दुवैजनाले रिलेशनसिपबारे खुलेर बोलेका छन् ।

ज्याक्सन परिवार पनि पेरिसको यो रोजाइले खुसी छन् । केही समय पहिले पेरिस र काराले एक–अर्कालाई चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । तस्बिर भाइरल भएको थियो ।

गत वर्ष मे २०१७ मा एमटिभी मुभी एन्ड टिभी अवार्ड समारोहमा यी दुईको भेटघाट भएको थियो । त्यसपछि भेटघाटको क्रम बाक्लियो । अहिले यी दुईको सम्बन्ध संसारभर चर्चाको विषय बनेको छ । – एजेन्सी

प्रतिक्रिया