विरेन्द्र ढकालको अभिनयमा “सिन्दुर ” हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७४ चैत २१ गते १०:५७ मा प्रकाशित

काठमाडौ, चैत २१ ।  नेपाली लोकदोहोरीको क्षेत्रको बृति विकाशमा सहयोग पुयाउने उदेश्यका साथ म्युजिक ल्यावले गायक कमल ज्योति र गायिका सविना मगरको सुमधुर आवाजमा  “सिन्दुर ” नामक गीतको भिडियोलाई युटुव मार्फत बजारमा ल्याएको छ । आफुलाई माया गर्ने मायालुले पराईको हातबाट शिरमा सिन्दुर हाल्दा र आफुलाई विछोडको अवस्थामा पुयाउदा हुने मनोभावलाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ ।
सुसन श्रेष्ठ र कुसुम मगरको शब्द रहेको गितलाई लोकदोहोरी गीतलाई फरक रुपमा प्रस्तुत गर्दै आएको  छ ।  चर्चित मोडल आशा खड्का र विरेन्द्र ढकालको सो गीतमा अभिनय रहेको छ । गितमा मार्मिक रुपमा भाका तथा लय सिर्जना कमल ज्योतिले गरेका छन  । गीतलाई बविता श्रेष्ठले निर्देशन गरेको गितको छायाँकन सागर गौत्तम र सम्पादन अविनास डिसी ले गरेका छन ।
हेर्नुहोस भिडियो

प्रतिक्रिया