शुक्रबार, वैशाख ७ २०७५ | Fri, April 20, 2018
नेपालको समय: ०६:५४ | Washington DC: 21:09

नयाँवर्ष कपमा २० टीमले खेल्दै पहिलो पटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी

ड्यालस (टेक्सस) – नेपाली नयाँवर्षको अवसरमा ड्यालसमा हुन लागेको नयाँवर्ष कप फुटबल प्रतियोगितामा पहिलोपल्ट इन्द्रेणी सांस्कृतिक टीमले समेत सहभागिता जनाउने भएको छ ।
अाइतबार हुन लागेको प्रतियोगितामा २० वटा टीमले सहभागिता जनाउँदैछन् ।

ड्यालसको ग्रेपभाइनमा हुने प्रतियोगितामा लामो समयदेखि सांस्कृतिक क्षेत्रमा कृयाशील इन्द्रेणीले फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

ड्यालसको डिएफडब्लु हिमालयज फुटबल क्लबले प्रतियोगिता अायोजना गर्न लागेको हो । क्लबले हरेक वर्ष नेपाली नयाँ वर्षको अवसरमा प्रतियोगिता गर्दै अाएको छ । क्लबले अायोजना गरेको यो तेस्रो पटक हो ।

‘खेलाडीहरूलाइ पनि समेटेर अघि बढ्ने नीति अनुसार पहिलोपल्ट फुटबल प्रतियोगितामा टीम समेत खडा गरेर सहभागिता जनाउन लागेका हैाँ,‘ इन्द्रेणीका अध्यक्ष ताराप्रसाद भुसालले भने । इन्द्रेणीले यसअघि दशैँ, तिहार, तीज, नयाँवर्ष लगायतका सांस्कृतिक कार्यक्रम गरेर नेपाली समुदायलाइ समेट्दै अाएको छ ।

इन्द्रेणी सांस्कृतिक संघको टीमको सम्पूर्ण तयारी पुरा भएको व्यबस्थापक सोफिन थापाले बताए । टीमको कप्तानी रूपक खड्काले सम्हाल्ने भएका छन् ।

इन्द्रेणी सांस्कृतिक संघकी संस्थापक तथा प्रवासी नेपाली मञ्चकी उपाध्यक्ष यमुना भट्टराइले खेलाडीहरूको विकास गर्ने र उनीहरूलाइ प्रोत्साहन दिने उदेश्यले टीम दर्ता गरेर सहभागिता जनाउन लागेको हो ।

प्रतियोगितामा पहिलो हुने टीमले ट्रफी सहित नगद पुरस्कार समेत पाउनेछन् । पहिलो हुने टीमले ट्रफी सहित नगद एकहजार पाँचसय डलर नगद र दोस्रो हुने टीमले सातसय डलर पुरस्कार पाउनेछन् ।
त्यस्तै उत्कृष्ठ खेलाडीलाइ समेत पुरस्कारको व्यबस्था गरिएको अायोजकले जनाएका छन् ।

यसपटकको प्रतियोगितामा ड्यालसका अतिरिक्त लुजियाना, अोक्लाहोमा र लसएन्जलसका टीमहरू पनि सहभागी हुँदैछन्।

२०७४ चैत २३ गते १६:५४ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी