“किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा यक्वा तङ्नाम (उभौली पुजा) सम्पन्न ।

इनेप्लिज २०७४ चैत २५ गते २०:४७ मा प्रकाशित

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत

गत ७ अप्रील २०१८ को दिन बेलायतको फेल्थाम, लण्डनमा “किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” बेलायत द्धारा यक्वा तङ्नाम (उभौली पुजा) साथै येले तङबे (नयाँ वर्ष) धुमधाम सँग मनायो ।

सदाको वर्षहरु जस्तै यस वर्ष पनि बेलायतको बिभिन्न ठाँउहरु बाट भेला भएर यक्वा तङ्नाम (उभौली पुजा) यस “किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज” ले आयोजना गरेको हो । यस पुजा सेवामा यक्वा तङ्नाम (उभौली पुजा) लगायत माङ्सेवा (गुरु पुजा) माङ्गेना (सिर उठौनी) र येले तङबे (नयाँ वर्ष) पनि एकै समयम मिलाएर मनाईने गरिन्छ ।

घर बाहिर गरिने सेवा पुजा पाखा फेरो, लाजेदाङ्मा (सृष्टिकर्ता बन देवताको जपकर्म) र चेमनाराको सेवा (गाली सराप बहन्ति संस्कार कर्म) पुजा मुख्यद्धार बाहिर गरेपछि पहिलो चरणको पुजा सकिएको थियो ।

पहिलो चरणको पुजा सकेपछि घर भित्र हलमा मण्डप बनाएर मुख्य गुरु रुद्र कुमार तुम्बापो लगायत युमाहरु दोय कल्पना चेम्जोङ र टिका जबेगुको साथमा यूमा थेबा (बाजे–बोजु)को पुजा गरेपछि यक्वा तङ्नाम सेवा (उभौली पुजा) गरिएको थियो । सम्पुर्ण सेवा पुजाहरु सकेपछि येले तङबे (नयाँ वर्ष) मनाईएको थियो ।
सेवा पुजाको अन्यमा प्रमुख अतिथि किराँत याक्थुङ् चुम्लुङ केन्द्रिय कमिटीका वर्तमान अध्यक्ष दिलसिङ मेन्याङ्बो, अतिथिहरु ताप्लेजुङ समाज यूके तथा किराँत याक्थुङ् चुम्लुङ बेजिङ्स्टोक शाखाका अध्यक्ष अमृता पालुङवा र पाँचथर समाज यूकेका अध्यक्ष चन्द्र सुन्दासले आफ्नो मन्तब्य राखेका थिए, त्यस पश्चात “किराँत सत्यहाङ महागुरु फल्गुनन्द समाज”का अध्यक्ष दिपक तुम्बापोले सम्पुर्ण अतिथि, पहुना लगायत सेवापुजामा पाल्नु भएका भक्तजनहरुलाई धन्यवाद ज्ञापन गरे पछि सेवा पुजा सकिएको थियो ।

उभौली र उधौली चाँड बर्षमा एक एक पटक किराँत समुदयले पर्बको रुपमा मनाईने गरिन्छ । बाली लगाउने बेला चैत्र–बेशाखमा यक्वा तङ्नाम (उभौली पुजा) गरिन्छ भने बाली–नाली कार्तिक–मंसिरमा बाली पाके पछि गरिने पुजालाई चासोक तङ्नाम (न्वागी पुजा) मनाउने प्रचलन छ । यसैको रुपमा यो चाड मनाउने परम्परा चलिआएको हो । उभौली र उधौली किरात समुदायको मुख्य चाड हो ।

बिहान १० बजे बाट शुरु भएर दिउसो ४ बजे सकिएको उक्त सेवा पुजालाई सचिव भगिरथ जबेगुले सञ्चानल गरेका थिए ।

प्रतिक्रिया