प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई तीन प्रश्न (अन्तरवार्ता)

इनेप्लिज २०७४ चैत २६ गते २३:०९ मा प्रकाशित

प्रदिप ज्ञवाली, परराष्ट्रमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीको राजकिय भ्रमणको सफलताको आधारहरु के-के हुन् ?
यो भ्रमणले दुई देशबिचको सम्बन्ध राम्रो र बहुआयामिक छ भन्ने सन्देश दिएको छ । दुई देशबिचको सम्बन्ध समय सहाउँदो बनाउनका लागि पनि भ्रमण फलदायी बनेको छ । भ्रमणको मुख्य उद्देश्य भनेकै मित्रलाई सुदृढ गर्नु थियो । यस कुरामा भ्रमण सफल भएको छ ।

सम्बन्ध सुधारबाहेक अरु केके उपलब्धि भयो ?
दुईदेशबिच तीनवटा विषयमा समझदारी भएको छ । कृषि क्षेत्रमा साझेदारीको जुन एउटा नयाँ सहमति भएको छ, त्यसले कृषि क्षेत्रको अनुसन्धान, माटो परीक्षण, विज्ञहरुको तालिमका लािग ढोका खोल्ने काम गरेको छ । कृषि क्षेत्रमा भारतले हासिल गरेको उपलब्धिबाट नेपाल पनि लाभान्वित हुनेछ । दोस्रो, रक्सौलदेखि काठमाण्डौसम्मको विद्युतीय रेल सेवा विस्तार गर्ने सम्झौता भएको छ । एक वर्षभित्रमा अध्ययन सकेर भारतीय सहयोगबाट निर्माण सुरु गरिनेछ । पाँच वर्षभित्र रेलमार्ग निर्माण सम्पन्न गर्ने सहमति भएको छ । तेस्रो, जलमार्ग हुँदै समुद्रसँग पहुँच पुर्याउनका लागि भारतसँग समझदारी भएको छ । भारतीय प्रधानमन्त्रीले सगरमाथाको देशलाई सागरसम्म जोड्ने कुरा गर्नुभएको छ ।

सहमति र सम्झौता धेरै हुन्छन्, तर कार्यान्वय हुन सक्दैनन् । विगतमा भएका सहमति र सम्झौताहरु कार्यान्वयन गर्ने विषयमा के उपलब्धि भयो ?
संयुक्त विज्ञप्ति हेर्नुभएको होला । हामीले विगतमा भएका सहमति र चालु परियोजनाहरु शिघ्र रुपमा सम्पन्न गर्नका निम्ती तत्काल दुई पक्षीय संयन्त्रहरुलाई सक्रिय बनाउने सहमति भएको छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानी

प्रतिक्रिया