‘लाङ्टाङ साहित्य यात्रा’ वैशाख २९ देखि

इनेप्लिज २०७४ चैत २७ गते १०:१९ मा प्रकाशित

रसुवा, २७ चैत : विक्रम संवत् २०७२ को भूकम्पको असरले पहिरामा पुरिएर दिवंगत बासिन्दाको सम्झना गर्दै आगामी वैशाख अन्तिमा सातादेखि लाङ्टाङ साहित्य यात्रा हुने भएको छ ।

लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पुरिँदा दिवंगत स्थानीयवासी, पर्यटक र पथप्रदर्शकसमेतको सम्झना गर्दै रसुवा स्रष्टा समाजको आयोजनामा वैशाख २९ गते साहित्यिक स्रष्टाद्वारा कविता वाचन गरिने र चित्रकला कोरिने साहित्यकार फुर्पा तामाङले बताउनुभयो ।

कविताका माध्यमबाट दिवंगतहरुको सम्झना गर्ने, लाङ्टाङ पदमार्ग सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र वातावरणका साथै जैविक विविधता संरक्षणमा जागरण ल्याउने मुख्य उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको जनाइएको छ । भूकम्पका कारण पहिरो आउँदा १७५ स्थानीयवासी र केही विदेशी पर्यटक तथा पथप्रदर्शकको निधन भएको थियो ।

प्रतिक्रिया