केकीको फिल्मलाई प्रियंकाको चुनौती

इनेप्लिज २०७४ चैत २७ गते १०:२२ मा प्रकाशित

काठमाडौँ । ३ महिनाको अन्तरमा ३ वटा चलचित्र रिलिज गर्ने दौडमा निर्देशक मिलन चाम्स लागेका छन् । उनले निर्देशन गरेको ‘ब्लाइन्ड रक्स’ रिलिज भैसकेको छ भने चैत्र ३० गते चलचित्र ‘लिलिबिली’ रिलिज हुँदैछ ।

तर, बारम्बार प्रदर्शन मिति सरेको चलचित्र ‘ह्याप्पी डेज’ पनि अब वैशाख १४ गते रिलिज हुने भएको छ । निर्देशक चाम्सले पाँचौ पटक चलचित्रको प्रदर्शन मिति तय गरेका छन् । चलचित्र बनाउन भन्दा चलाउन गाह्रो रहेको भन्दै उनले घुमाउरो पारामा यहि मितिमा रिलिज हुन लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को टिमसँग क्षमा पनि मागेका छन् ।

यसरि, वैशाख १४ मा चलचित्र ‘ह्याप्पी डेज’ पनि रिलिज हुने भएपछि नायिका प्रियंका कार्कीको आफैसँग भिडन्त हुने भएको छ । चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा नायिका प्रियंका कार्कीको नै मुख्य भूमिका छ । यस्तै, ‘ह्याप्पी डेज’की एक मात्र नायिका उनै हुन् ।

यसरि, हेर्दा केकी अधिकारीको चलचित्रलाई प्रियंकाको साथ र प्रियंकाकै चुनौती देखिएको छ । नायिका कार्कीले २ चलचित्रका लागि समय कसरी मिलाउने हुन्, त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया