अमेरिकन चिकित्सक टोलि बाढी पिडित क्षेत्रमा निशुल्क स्वास्थ्य शिविरमा व्यस्त

इनेप्लिज २०७४ चैत २८ गते २३:२७ मा प्रकाशित

अमेरिकाको लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक फोर सी ३ तथा कैलाश मेडिकल फाउन्डेसनको सयुक्त आयोजनामा अमेरिकन चिकित्सक टोलि नेपाल पुगी सप्तरी जिल्लामा निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा सहभागी बनेका छन् ।

सप्तरीको दक्षिणी सिमावर्ती गाउँका बाढी पिडितहरुको उपचारका लागि उक्त टोलीले बुधवारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गत वर्ष असारको दोश्रो साता तथा साउनको अन्तिम साता तिर आएको बाढीले तिलाठी कोईलाडी गाउँपालिकालाई हदै सम्म प्रभावित गरेको थियो ।

गरिव विपन्न बाढी पिडितहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यका साथ अमेरिकाको कैलाश मेडिकल फाउन्डेसन र लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक फोर सी ३ को सयुक्त आयोजनमा स्वास्थ्य शिविर कोईलाडी स्थित राजेन्द्रदेवकी आधारभुत विद्यालय प्रांगणमा चैत्र २८ देखि ३० गते सम्म शिविर सञ्चालन हुने छ ।

उक्त शिविरबाट विरामिहरुलाई निशुल्क परामर्श सहित उपचार सेवा प्रदान गरिने छ । यसको साथै दातँको लगायत अन्य फिजिसियन सम्बन्धि बिशेषज्ञ चिकित्सकहरुको टोलीबाट जाचँ हुनेछ ।

शिविरबाट जाचँ संगसगै निशुल्क रुपमा औषधि समेत बितरण गरिने भएको छ । अमेरिकाबाट आएका राष्ट्रिय कार्यक्रम संयोजक डेकेन्द्र मास्केका अनुसार अमेरिकाबाट ११ जनाको बिशेषज्ञ चिकित्सक टोलि शिविर सहभागिता जनाउने छन् ।

लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक फोर सी ३ का क्यालीफोरनियाका गभर्नर राजेन थापाको बिशेष पहलमा अमेरिकी चिकित्सक टोलि नेपाल  आएका हुन् । थापा अमेरिकामा बस्दै आएका भएपनि नेपाल र नेपाली प्रति आफ्नो माया र सदभाव रहेका कारण शिविरको संयोजन गरेको बताए ।

 

यसै गरि बैशाखको २ गतेबाट सुनसरीको इटहरीमा हुने शिविरको लागी प्रचार प्रसार तथा अन्य तयारी भईरहेको इटहरी संयोजक बिमल पौडेलले बताए । इटहरीमा बिभिन्न सामाजिक संघसस्थाहरु संगको सहकार्यमा शिविर हुन लागेको छ ।

प्रतिक्रिया