हिंड्दा हिंड्दै कहाँ आइपुग्छ जिन्दगी , समयको वेगसंगै चलिरहन्छ यो जिन्दगी :सुवास ढकाल

इनेप्लिज २०७४ चैत २९ गते २२:४० मा प्रकाशित

हिंड्दा हिंड्दै कहाँ आइपुग्छ जिन्दगी

कैले दगुरेजस्तो  कैले थामियेजस्तो

कहींकतै हराएजस्तो कहिंकतै भेटियेजस्तो

कहींकोहि गुमाएजस्तो कहींकोहि पाएजस्तो

समयको वेगसंगै चलिरहन्छ यो जिन्दगी

 

हिंड्दा हिंड्दै कहाँ आइपुग्छ जिन्दगी

कैले सोचेजस्तो कैले नसोचेजस्तो

कहींकतै अल्झिएजस्तो कहींकतै नअल्झिएजस्तो

कहींकोहि मिलेजस्तो कहींकोहि नमिलेजस्तो

समयको वेगसंगै चलिरहन्छ यो जिन्दगी

 

हिंड्दा हिंड्दै कहाँ आइपुग्छ जिन्दगी

कैले अस्तायेजस्तो कैले उदाएजस्तो

कहींकतै पुगेजस्तो कहींकतै नपुगेजस्तो

कहींकोहि आफ्नैजस्तो कहींकोहि पराइजस्तो

समयको वेगसंगै चलिरहन्छ यो जिन्दगी

 

हिंड्दा हिंड्दै कहाँ आइपुग्छ जिन्दगी

कैले मात्तिएजस्तो कैले आत्तियेजस्तो

कहींकतै उकालियेजस्तो कहींकतै ऒरालियेजस्तो

कहींकोहि रिसाएजस्तो कहींकोहि खुशीभएजस्तो

समयको वेगसंगै चलिरहन्छ यो जिन्दगी

 

हिंड्दा हिंड्दै कहाँ आइपुग्छ जिन्दगी

कैले निदाएकोजस्तो कैले ब्युँझिएकोजस्तो

कहींकतै टुटेजस्तो कहींकतै जुटेजस्तो

कहींकोहि आफैंजस्तो कहींकोहि अरुजस्तो

समयको वेगसंगै चलिरहन्छ यो जिन्दगी

प्रतिक्रिया