कार्यक्रम मा चर्चित लोक तथा दोहरी गायक बिष्णु बन्जाडे, लोक तथा दोहोरी गायिका मंजु वि.क ले उपस्थित सबैलाई विभिन्न किसिमका लोक तथा दोहोरी गीतहरु तथा नाचगान गरेर भरपुर मनोरन्जन गराएका थिए साथै नेपाली पोशाक मा सजिएका स्थानीय कलाकार हरुले बिभिन्न नेपालको मौलिकता झल्काउने नाचगान , नाटक तथा ट्रैक गीतहरु गाएर रमाइलो गरेका थिए साथै कार्यक्रममा राफल (चिट्टा) पनी खेलिएको थियो| राफल कार्यक्रम सम्पूर्ण उपस्थित दिदीबहिनी, बुवा,आमा तथा दाजुभाइहरु एकैसाथ भाग लिन सक्ने कार्यक्रम भएको हुनाले सम्पूर्ण उपस्थित महानुभावहरुले राफलमा सहभागिता जनाएका थिए |
राफल अतिनै आकर्षक वातावरणमा सम्पन्न भएको थियो र कन्या को हातबाट राफल को नतिजा निकालिएको थियो र प्रथम,दुतीय,तृतीय हुनेलाई आकर्षक पुरस्कारहरु वितरण गरिएको थियो|साथै सस्थाका अधक्ष्य तथा कार्यक्रमका सभापति कोशलेश्वर ढकाल ले आफ्नो मन्तब्य को क्रममा नयाँ बर्षको सुभकामना दिएका थिए |
साथै सस्थाले साल भरि गरेका दैविक प्रकोप ,स्वास्थ्य क्षेत्र तथा गरिब ,निमुखा बालबालिकालाई सस्थाले गरेको सहयोगको बारेमा सबैलाई जानकारी गराएका थिए साथै आगामी दिनहरुमा पनि अझै धेरै राम्रा कामहरु गर्न को लागि सबैबाट सुझाव,सल्लाह को अपेक्षा राखेको र सबैलाई आ –आफ्नो ठाउँ बाट सक्दो सहयोगको गरिदिनुहुन अनुरोध पनि गरेका थिए |
र कार्यक्रममा प्रमुख अतिथि लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले आफ्नो मन्तब्यको क्रममा नयाँ वर्षको सुभकामना दिए साथै सस्थाले बिभिन्न सेबा मुलक काम गरेको सुन्दा धेरै खुसि लागेको र भविष्यमा यस्तै काममा सस्थालाई आफ्नो सधै साथ रहने प्रतिबद्धता ब्यक्त गरेका थिए |
प्रतिक्रिया