प्रेस विज्ञप्ति-श्रीनिवासाचार्यको ज्यान लिने अभिप्रायले गत चैत्र २४ गते भएको कायरतापूर्ण आक्रमणको घोर निन्दा

इनेप्लिज २०७४ चैत ३० गते २३:०५ मा प्रकाशित

हिन्दूधर्मको मूल्य, मान्यता र आदर्शलाई प्रतिष्ठापित गर्दै नेपाललाई विश्वको एक मात्र ‘हिन्दू राष्ट्र’को गौरवता पुन: प्रदान गर्ने अभियानमा गहकिलो भूमिका निर्वाह गर्दै आउनु भएका युवा महागुरू श्रीनिवासाचार्यको ज्यान लिने अभिप्रायले गत चैत्र २४ गते भएको कायरतापूर्ण आक्रमणको घोर निन्दा गर्दछौं ।

निश्चय पनि हिन्दूत्व नेपाल र नेपालीको गौरवपूर्ण आस्था हो । मुलुकको राष्ट्रिय जीवनलाई सद्भाव, मेलमिलाप र एकताको सूत्रमा आबद्ध गर्ने एउटा शक्तिपुन्ज पनि हो । नेपालको परम्परा, संस्कार र स्वभावविरूद्ध विगतमा जसरी हिंसा, हत्या र आतंकको जुन शिलशिला सुरू भयो त्यसले हाम्रो सामाजिक एकता, सद्भावलाई बिटुलो बनाएको तथ्यलाई अस्वीकार गर्न सकिन्न ।

एउटा विशुद्ध धार्मिक चिन्तन बोकेर हिंड्ने निहत्था योगीको हत्या गर्ने चेष्टाले मुलुक अभिभावकविहीन रहेको तथ्य पनि पुष्टि हुन आउँछ ।

हिन्दूधर्मलाई मनोगत रूपमा कमजोर र अपाहिज बनाउने देशीविदेशी षड्यन्त्रको कडी नै हो योगीको हत्या प्रयास । सम्पूर्ण हिन्दुवादी संघसंस्था, व्यक्ति र शक्ति एकजूट भै हिन्दूधर्मको संस्थापना र उक्त घटनाको यथार्थ छानविन गरी दोषी उपर कडा कारवाहीको लागि एकताबद्ध हुन अपील गर्दछौं ।

अमेरिका वासी नेपाली हिन्दु एकता संघ परिवार,अमेरिका ।

तुलसीराम कँडेल
अरुण रुपाखेती
राजेन्द्र खनाल
मीनबहादुर थापा
मुकुन्द अधिकारी
डिल्लीराम अधिकारी
खिलराज पन्डित
कृष्णहरि थापा
किशोर वि. क.
कमला प्रसाई
आकाश ढकाल
भैरवबहादुर केसी
प्रदीप खड्का
दुर्गा श्रेष्ठ
विष्णु पौड्याल
चक्र खड्का
मेघराज ढुंगेल
अर्जुन कुमार ढुंगेल
हुमबहादुर वस्नेत
निश्चल सिलवाल
आनन्द लुईटेल
माधव शर्मा
विमल आचार्य
चेतनारायण पौडेल
पवन जीसी
राधा मिश्र
भीमसेन घिमिरे
छत्र श्रेष्ठ
नवराज पुडासैनी
र अन्य थुप्रै हिन्दु धर्मप्रति आस्थावान सम्पूर्ण साथीभाइ तथा गुरुहरु

प्रतिक्रिया