गीत :आचार्य प्रभा

इनेप्लिज २०७५ वैशाख १ गते ११:४१ मा प्रकाशित

यहाँ जीवन जलेर सखाप बनेको बेला,तिमी गर्छौ दिल जलेको कुरा

ओंठमा मुस्कान ल्याए झैं गरी,मुटुमा हान्छन् सब बचनका छुरा ……/

कठिन छ यहाँ सन्तोषले बाँच्न,बाध्य छन् सबै दुख नै साँच्न
कस्ले पो पाएको छ आत्मासन्तुष्टी,खुशी भई बेस्सरी ईच्छाले हाँस्न……..

यहाँ ………………………जीवन ………………..जलेर ……………………../

बाँचेको छ जिन्दगी आँसुमा डुब्दै,हाँस्नु छ सुखलाई दुखमा साट्दै

पल्पल मारेर आफ्ना रहरहरु,छट्पटिएर अनिँदो रात काट्दै ……..

अरुलाई थिचेर आफु माथी उठ्छन्,आफु अघी बढ्न अरुलाई लडाउँछन्

निस्वार्थ यहाँ को नै भए र ?आफु लक्षमा पुग्न पाईला बढाउँछन्……………/

यहा …………..जीवन ………….जलेर …………..सखाप ……..बनेको बेला ……

 

प्रतिक्रिया