पोखरामा भिटेको यस्तो खतरा क्रेज, पहिलोपटक गाए विवादमा परेको सिमसिमे पानी गित (भिडियो सहित)

इनेप्लिज २०७५ वैशाख २ गते ५:०५ मा प्रकाशित
पछिल्लो समय चर्चामा छन् र्यापर भिटेन अर्थात समीर घिसिंग । उनी यसै पनि चर्चामा थिए । उनका गीतहरु निकै लोकप्रिय भइरहेका थिए । केही समय अगाडी युट्युबमा उनको नयाँ गीत आयो सिमसिमे पानीमा । यो गीत यतिसम्म लोकप्रिय भयो कि तत्कालै ट्रेण्डिङमा पुग्यो । तर, अचानक गीत युट्युबबाट बेपत्ता भयो ।
भिटेको यो र्यापमा शब्द उनका आफ्नै थिए तर धुन पुरानो गीत ‘सिमसिमे पानीमा…’ को प्रयोग गरिएको थियो । यही धुनका कारण गीतमाथि कपिराइट लाग्यो र भिडियो हटाइयो । अब भिटेन त्यो गीत पुनः फर्काउने पक्षमा छैनन् । तर नयाँ वर्षको स्वागतका लागी पोखरामा भएको कार्यकममा उनको उक्त गितनै गाउनुपर्ने अवस्था आयो किनकी दर्शकहरु उक्त गित नसुनी भिटेलाई छोडनेनै भएनन हरेक पटक दर्शकबाट उक्त गितको माग भएपछी भिटेनले उक्त गित प्रस्तुत गरे
साथमा उनले उनका नयाँ गित हिम्मत,हालखबर पनि प्रस्तुत गरेका थिए पुरा भिडियोमा हेर्नुहोस भिटेको धमाकेदार प्रस्तुति

प्रतिक्रिया