आफ्नो डेब्यु चलचित्र ‘लिलिबिली’ हेरेपछि आँशु सम्हाल्न सकिनन् नवनायिका जसिता गुरुङले [हेर्नुस भिडियो सहित]

इनेप्लिज २०७५ वैशाख २ गते १३:३० मा प्रकाशित

पिएनपिखबर: शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ले देशभरका अधिकांश सिंगल तथा मल्टिप्लेक्समा दर्शकको हुल तान्न सफल भएको छ । नायक प्रदिप खड्काको क्रेजसंगै नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको एक नायिका पाएको छ जसिता गुरुङ ।

चलचित्र रिलिज अगाडिसम्म युवा स्टार प्रदीप खड्काको स्टारडमको छायाँमा पर्ने जसिताको डर फिल्म रिलिजपछि भने प्रदीप नै उनीसँग डराउनु पर्ने स्थितिमा पुगेको छ । ‘लिलिबिली’ रिलिज अगाडिदेखि चर्चा कमाउन सफल जसिताको गीतसंगीत र ट्रेलरबाटै तारिफ भएको थियो । फिल्म हेरेपछि उनको डाइलग डेलिभरी, सुन्दरता र अभिनयको सबैभन्दा बढी प्रशंसा भैरहेको छ ।

चलचित्र हेरिसकेपछि नायिका जसिता गुरुङ पत्रकारहरुलाई प्रतिक्रिया दिने क्रममा भावुक हुदै आफ्नो आँशु सम्हाल्न सकेकी थिइनन । आगामी दिनमा राम्रो अभिनय दर्शकमाझ प्रस्तुत गर्ने उनले बताइन ।

प्रतिक्रिया