सोमबार, साउन ७ २०७५ | Mon, July 23, 2018
नेपालको समय: २१:४१ | Washington DC: 11:56

काँग्रेसभित्र पारदर्शीता आवश्यकः नेता सिटौला

इनरुवा, २ वैशाख: नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको बताउनुभएको छ ।

काँग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र पादर्शीता भयो भने पार्टी आफैँ अगाडि बढ्ने बताउनुभयो । उहाँले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पादर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले काँग्रेसबिना देशको विकास सम्भव नभएका कारण देश विकास गर्न काँग्रेसको काँधमा थप बढी जिम्मेवारी आएको बताउनुभयो । नेता सिटौलाले संघ तथा प्रदेशसभा निर्वाचनमा पराजित हुँदैमा काँग्रेस कमजोर नभएको बताउनुभयो ।

२०७५ वैशाख २ गते १४:४९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी