आइतबार, असोज ७ २०७५ | Sun, September 23, 2018
नेपालको समय: ००:५८ | Washington DC: 15:13

घरको छतबाट खसेर मृत्यु

चितवन, २ वैशाख : भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै घरको छतबाट खसेर आज एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ६५ वर्षीय गोविन्द कँडेलको तीन तलामाथिको छतबाट खसेर मृत्यु भएको हो ।

उच्च रक्तचापको समस्या भएका कँडेल छतको रेलिङ समाएर उभिँदै गर्दा अकस्मात खसेको प्रहरीले जनाएको छ । छतबाट खसेर गम्भीर घाइते भएका कँडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

२०७५ वैशाख २ गते १४:५२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी