अमेरिकामा रहेका नेपाली मूलका अभियन्ताहरुले यसरी नयाँ बर्ष २०७५ मनाए

इनेप्लिज २०७५ वैशाख २ गते २०:३२ मा प्रकाशित

विजय थापा ,वाशिंगटन डीसी ,अमेरिकामा रहेका नेपाली मूलका अभियन्ताहरुको संघ द्वारा आयोजित अभियन्ता रात्री तथा नयाँ बर्ष २०७५ नामक उत्सव हर्सोउल्लास साथ सम्पन्न गरेको छ । गत अप्रिल १४ नेपाली नयाँ बर्षको दिन पारेर अमेरिकन सोसाइटी अफ नेप्लिज ईन्जिनियर्स ,डिसी शाखाले बिगत बर्ष झैँ यस बर्षलाई पनि संस्थाका पदाधिकारी ,सदस्य ,शुभ चिन्तक तथा आमन्त्रित अतिथिहरुको उपस्थितिमा ईन्जिनियर्स नाईट (रात्री)लाई मुख्य रुपमा मनोरंजन गर्ने अभिप्रायले सम्पन्न गरेको हो ।

आमन्त्रित अतिथि ,बिशेष वक्ताहरुले शुभकामना संदेश समेत आदान प्रदान गरेका थिए l अनौपचारिक कार्यक्रम रहेता पनि मुख्य अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (विद्या वारिधि )ले व्यक्तिगत तथा राजदुताबासको तर्फ बाट दिदै आफुलाई निमन्त्रणा दिएकोमा हर्ष व्यक्त गर्दै शुभकामना दिएका थिए l

यसै गरि टाउन अफ इन्डियन हेड मेरिल्याण्डका नेपाली मूलका निर्वाचित उप नगर प्रमुख किरण सिटौलाले अभियन्ता समूह र स्थानीय संघिय सरकार साथ काम गर्न सके समस्या समाधान हुने र युवा अभियन्ताहरुले स्थानीय शहरी सभा कक्ष बैठकमा सहभागी हुन् प्रोत्साहन गरेका थिए ।

डीसी शाखाका सभापति डिल्लीराम न्यौपानेले अतिथि तथा सवैलाई स्वागत मन्तब्य को साथै सौजन्यकर्ता ,स्वयम् सेवक तथा सदस्यहरुलाई धन्यबाद दिएका थिए । यसैगरी संस्थाका केन्द्रिय महा सचिव ठाकुर ढकालले संस्थाका क्रियाकलाप तथा आगामी सम्मेलन कार्यक्रम बारेमा चर्चा गरेका थिए ।

पहिलो चरणको कार्यक्रम पश्च्यात सांस्कृतिक कार्यक्रममा सुयक्षा नेपालले नाच पुतली गीतमा नृत्य ,पूर्ण दाहाल तथा सुधा भुषाल दाहालले कान्छा है कान्छा गीतमा नृत्य प्रस्तुति गरेका थिए । यसै गरि सुदिप खड्काले रेशम र निर जैले रिसाउने गरि दुई वटा गीत गाएका थिए भने र कार्यक्रम बीच मै आजीवन तथा नया सदस्यहरुलाई परिचय संघ का केन्द्रिय महासचिव ठाकुर ढकालले परिचय तथा सम्मान गराएका थिए । डिसी शाखाका महा सचिव उत्तम सेडाईले पहिलो चरणको कार्यक्रम संचालन गरेका थिए ।

यसै गरि अंशु न्यौपानेले गोदावरी बनैमा नृत्य ,निरन्जन अर्याल गीत प्रस्तुत गरेका थिए । यसै गरि बिश्व कार्कीले गजल प्रस्तुति गरेका थिए भने उर्जा खनालले माथि माथि सैलुंगेमा नृत्य प्रस्तुति गरेकी थिइन् |  यसै गरि ठाकुर ढकाल तथा अन्जना ढकालले नृत्य प्रस्तुति गरेका थिए l ईन्जिनियर्स रात्रीमा रात्री भोज ,सांस्कृतिक कार्यक्रमको साथै डीजे कार्यक्रम को आयोजना पनि गरिएको थियो l

प्रतिक्रिया