क्यानेडियन नेवाः गुथि द्वारा “भेटघाट तथा शुभकामना आदान प्रदान” कार्यक्रम सम्पन्न

इनेप्लिज २०७५ वैशाख ३ गते १०:३९ मा प्रकाशित

नयाँ बर्ष बि. सं. २०७५ को उपलक्षमा क्यानेडियन नेवाः गुथिले हालै पशुपति नाथ नेपाली मन्दिर, ब्राम्प्टनमा “भेटघाट तथा शुभकामना आदान प्रदान” कार्यक्रम सम्पन्न गरेको छ । नेवाः परम्परा अनुसार उपस्थित सबै लाई धिमे बाजा बजाएर शुरु गरिएको सो कार्यक्रमा गुथिका अध्यक्ष प्रकाश लाल प्रधान ले स्वागत मन्तब्य ब्यक्त गर्नु हुन्दै समुदायका सम्पूर्ण महानुभाबहरुको सुख, शान्ति तथा समॄदिको कामना गर्नु भयो ।

नेपलिज क्यानेडियन हेरिटेज सेन्टरका अध्यक्ष डा. हरि गुरुङ्ले सबै लाई शुभकामना ब्यक्त गर्नु हुन्दै नेपाली मन्दिरको लागि सहयोग गर्न अनुरोध गर्नु भयो भने नेपाल बाट आउनु भएका चुर्ण बहादुर बज्राचार्यले प्रबासमा पनि नेपाली समुदाय मिलेर आफ्नो संस्कॄति तथा परम्परा जोगाउने कार्य भएकोमा खुसि ब्यक्त गर्नु हुन्दै गुथि को कृयाकलाप को प्रशंसा गर्नु भयो ।

कार्यक्रममा बोल्नु हुन्दै एन आर एन क्यानडा का अध्यक्ष गोपिकॄष्ण काफ्लेले समुदायको उन्नतिमा सहकार्यको महत्व अत्याबश्यक भएको बताउनु हुन्दै समुदायका सम्पूर्ण महानुभाबहरुको समृदि र सुस्वस्थ्यको कामना गर्नु भयो ।अर्का बक्ता एन आर एन क्यानडा का उपाध्यक्ष राजकुमार महतले शुभकामना ब्य्क्त गर्नु हुन्दै नेपाली समुदायको बढदो उपस्थितिले मन्दिरको प्रांगण सानो हुन्दै गै रहेको महसुश गर्नु हुन्दै बृहत स्थलको आबश्यकता माथि प्रकाश पार्नु भयो ।

सो कार्यक्रममा नेपलिज क्यानेडियन हेरिटेज सेन्टरका सभापति राम पौडेल, समाजसेवी तथा पत्रकार दीपक गौतम, ट्राभल ब्यबसायी कॄश्ण गोपाल धोँजू लागायतकाले सामुदायिक बिकासको लागि सबैको सहयोग, प्रतिबद्दता र एकताको महत्व माथि प्रकाश पार्नु भएको थियो ।

अन्त्यमा उपस्थित सबैलाई धन्यबाद ब्यक्त गर्नु हुन्दै गुथिका महासचिब बिमल मान श्रेस्थले गुथिको आगामि कार्यक्रम “समे बजि” र लोक तथा चर्या नॄत्य कार्यक्रम ब्राम्प्टन सिटि संग मिलेर गर्ने जानकारी दिनु भयो । सो कार्यक्रम अघि मन्दिरमा पूजा संचालन गरिएको थियो भने सुरेन्द्र श्रेस्थ, रिकेश श्रेस्थ, बिमल श्रेस्थ, उत्तम माकजूले धिमे बाजा, स्वागत गान तथा भजन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया