फेसन-शोका लागि छानिए १८ मोडेल

इनेप्लिज २०७५ वैशाख ३ गते २२:०४ मा प्रकाशित

काठमाडौँ । नेपाली फेसन बजारमा आधुनिकता थपिएसँगै विभिन्न उत्कृष्ट फेसन शोहरुले विषेश प्रथामिकता पाउन थालेका छन् । यस्तैमा एक अन्तराष्ट्रिय स्तरको फेसन सो ‘ट्रेसमी दलजीत सुदान रन वे २०१८’ को तयारी प्रारम्भ भएको छ ।

कार्यक्रमको व्यवस्थापक ‘नेक्स्ट मोडल्स नेपाल’ले सोमबार एक विज्ञप्तिमार्फत फेसन सो नेपालकै उत्कृष्ट बनाउने तयारी भइरहेको जनाएको छ । नेपाली कपडाको प्रवर्द्धन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्‍याउने उद्देश्यले यहि २५ मेका दिन राजधानीको सोल्टीक्राउन प्लाजमा आयोजना गरिने यो बर्षको उत्कृष्ट फेसन सो हुने व्यवस्थापक संस्थाका प्रमुख रवि धमलाले बताए ।

व्यवसायिक तथा उच्च घराना, नेपालका सेलिब्रेटी महिला तथा पुरुषहरु माझ निकै लोकप्रिय डिजाइनर ‘दलजीत सुदान’ले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेको फेसनका डिजानहरु सोमा प्रस्तुत गरिनेछ ।

यो सोको र्‍याम्पमा उत्कृष्ट मोडल प्रस्तुत गर्ने उद्देश्यले राजधानीमा अडिसनमार्फत मोडल समेत छानिएको छ । १५० भन्दा बढी महिला तथा पुरुष मोडल सहभागी अडिसनबाट कम्तिमा ५ फिट ५ इन्च उचाही भएका १० महिला र ५ फिट ११ इन्च हाइट भएका पुुरुष गरि १८ मोडल छानिएका छन् । रनवे मोडलको मुख्य बिषेशता उचाही रहेकोले मोडल छान्दा उचाहीलाई पनि प्रथामिकता दिइएको नेक्स्ट मोडल्स नेपालकी निर्देशक यतना पाण्डेले बताइन् । छानिएका मोडलसँगै ६ जना टप सेलिब्रेटी समेत र्‍याम्पमा उत्रिने पाण्डेको भनाई रहेको छ ।

दलजित सुदान, दिक्पाल कार्की, नग्मा श्रेष्ठ, रचना गुरुङ, रोजिन शाक्य, आस्था पोखरेल, रिया मल्ललगायतका अडिसन राउण्डका निर्णायक रहेका थिए ।

 

 

प्रतिक्रिया

प्रतिक्रिया