हिन्दु बुद्ध मन्दिरको सहयोगार्थ सांगीतिक कार्यक्रम आयोजना हुँदै

इनेप्लिज २०७५ वैशाख ४ गते १:१४ मा प्रकाशित

मेरिल्याण्ड बाल्टिमोरमा अति सकृय स्वयंसेवक युवा समुह द्वारा हिन्दु बुद्ध मन्दिरको सहयोगार्थ एउटा सांगीतिकसाँझको आयोजना ख्याति प्राप्त लोक पप गायक तिलक बम मल्ल ख्याती प्राप्त डान्सर पार्वती राई तथा स्थानिय कलाकार हरुको उपस्थिति एवं प्रस्तुतिमा यही अप्रिल २९ तारिकका दिन साँझपख बाल्टिमोरमा भव्य एवं सभ्य रुपमा आयोजना गर्ने भएको छ ।

विगत १ बर्ष भन्दा पहिला नेपाली समुदायको स्वामित्वमा खरिद गरिएको भवनहरु र ३१ एकड जग्गा सहितको मनमोहक स्थलमा हिन्दु बुद्ध मन्दिर स्थापना एवं संचालनमा हरदम साथ र सहयोग दिदै आएको निस्वार्थ सेवाभावले स्वतस्फुर्त क्रियाशील एवं संगठित उर्जाशिल युवाहरुले विभिन्न गतिविधि मार्फत केही न केही आर्थिक एवं भौतिक सहयोग जुटाउन क्रियाशील रहदै आएको सर्वविदितनै छ ।

उक्त शुभकामना साँझ लाई सफल गराउन तथा युबाहरुको प्रयास लाई साथ समर्थन गर्दै २६ भन्दा बढी सहयोगि दताहरुले अग्रिम सहयोग गर्नु भयको छ !

कृष घिमिरे $१००  डाक्टर श्याम कार्की $१००.  नरेश केसी $१५०.  दिवाकर ग्यवाली $१०० , शालिक वाग्ले $१००  केशब आचार्य $१०० ,  राजन ढकाल $१००  संगम आचार्य $१०० ज्योति रानाभाट $१०० बिनोद उप्रेती   $१००  राम भण्डारी  $१००  दिनेश सुबेदी $१०१.   श्री कृष्ण रेग्मी $१००  राजेश श्रेष्ठ  $१०० उपेन भट्ट $१०० हिमाल महत  $१०० ,राजन त्रिपाठी $१००,   कृष्ण जिबी पन्त $१००  इन्दु राज रेग्मी $१०० राजु पराजुली  $१००.   महेन्द्र देसार  $१०० बिक्रम केसी $१००.   लाङ्घाली  मो मो $१००  तरुण पौडेल $१०० ,  Abdoul Diawara $१०१ राम प्रशाद घिमिरे $१०० रबिलाल सुनार $१०० अग्रिम सहयोग प्राप्त भयको छ ! थप सहयोग आउने क्रम जारी छ !

नेपाली धर्म, कला , भाषा, संस्कृति, पहिचान, रितिरिवाजलाई जीवन्त राख्न निरन्तर अगाडी बढ्नु हामी सबैको साझा दायित्व हुन आउँछ । यसखाले दायित्व विभिन्न तवरबाट निर्वाह गर्न सकिन्छ यद्दपी हाल हाम्रो सामुहिक प्रयासमा हिन्दु बुद्ध मन्दिरलाई एउटा साझा चौपारीको रुपमा विकास गर्दै यसै मार्फत हाम्रा नेपाली परम्परा, संस्कार, भाषा लगायत विविध पक्षलाई विस्तार, विकास एवं संरक्षण गर्दै लैजान सकिने कुरामा हामी विश्वस्त छौ ।

यसै सन्दर्भमा अमेरिका जस्तो व्यस्त स्थानमा हुने दैनिक कार्य थकानलाई सांगेतिक मनोरञ्जन मार्फत पुनर्ताजगी बनाउने हेतुले साथै नेपाली नयाँ बर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न समेत उपयुक्त स्थल हुने र कार्यक्रम मार्फत केही न केही भएपनि उक्त मन्दिरको लागी सहयोग जुट्न सक्ने भएकोले पायक पर्ने सम्पुर्ण महानुभावहरु उपस्थित भएर कार्यक्रमलाई सफल पारिदिनु हुन आयोजकको तर्फबाट हार्दिक अनुरोध गर्दछौ ।

आयोजक:
स्वयंसेवक युवा समुह NACC
समाचार स्रोत : एस अभियानका स्वोत: स्फुर्त अभियान्ता इन्दु राज रेग्मिले जानकारी गराउनु भयको हो !

प्रतिक्रिया