शुक्रबार, वैशाख ७ २०७५ | Fri, April 20, 2018
नेपालको समय: ०६:४९ | Washington DC: 21:04

अफगानिस्तानमा सोह्रजना तालिबान मारिए

An Afghan security personnel retaliates against Taliban insurgents during an anti-Taliban operation in Dur Baba district near the Pakistan-Afghanistan border in the eastern Nangarhar province on September 25, 2014. At least 73 militants were killed and several others wounded during ongoing clashes between Afghan security forces and the Taliban militants, Nangarhar provincial police commander Fazal Ahmad Shirzad said. AFP PHOTO/ Noorullah SHIRZADA

अफगानिस्तान, ४ वैशाख । अफगानिस्तानको पूर्वीप्रान्त गजनीको मुकार जिल्लामा सुरक्षाबल र तालिवान आतंककारीबीच भएको झडपमा परी १६ जना आतंककारी मारिएका छन् ।

यस झडपमा कम्तीमा पनि १६ जना आतंककारी मारिएका छन् भने १३ भन्दा बढी घाइते भएका गजनी प्रान्तका प्रान्तीय प्रमुख मोहमद जमान खोस्तीले मङ्गलबार जानकारी दिएका छन् ।

मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुलाई एक बसमा आएका तालिबान लडाकू समूहले गरेको आक्रमणपछि दुई समूहबीच झडप भएको बताइएको छ । झडपको क्रममा १६ जना आतंककारी मारिएपछि त्यहाँ बाँकी रहेका आतंककारी भागेका थिए ।

अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरको अन्त्यमा नेटो सेनाका प्रायः सेना अफगान युद्ध सकिएको घोषणा गर्दै त्यहाँबाट फर्किएकापछि अफगान सुरक्षाबल माथिको आक्रमण बढ्नुको साथै हताहत पनि बढेको पाइन्छ । –रासस/सिन्ह्वा

 

२०७५ वैशाख ४ गते ११:१२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी