विवेकशील साझा सद्भाव समूह वाशिङ्टन डिसी मेट्रो क्षेत्रको गठन

इनेप्लिज २०७५ वैशाख ५ गते १:१८ मा प्रकाशित

ईनेप्लिज संवाददाता ,यहि मिति २०१८ अप्रिल १७,मंगलवार वाशिङ्टन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको भेलाले मुकुन्द कोईरालाको संयोजकत्वमा ६ जना सल्लाहकार सहित ११सदस्यीय विवेकशील साझा सद्भाव समुह, वाशिङ्टन डिसी मेट्रो गठन गरेको छ।

महिला सदस्यहरु सहित समावेश भएको उक्त समिति भित्र रहेका सदस्यहरुको नाम यस प्रकार रहेको छ:

१) मुकुन्द कोईराला -संयोजक

२) सुषमा दाहाल पोखरेल्-सदस्य

३) सन्देश शर्मा – सदस्य

४) प्रतिक दाहाल -सदस्य

५ ) सम्राट बस्नेत-सदस्य

सल्लाह्कार समुह्:

६)  सुनिलमणी दाहाल

७) गोपी कट्टेल

८) बिजय थापा – सन्चार सल्लाहकार

९) खगेन्द्र थापा – युवा बिभाग

१० ) बिमला थापा – महिला बिभाग

११) चुडामणी प्रसाई

नेपालमा सुसंस्कृत राजनितीको स्थापनामा सहयोग गर्दै सम्बृद्द नेपाल निर्माणमा योगदान पुर्याउने उदेस्यले चेतनशिल र विवेकी नेपालीहरु मिलेर विवेकशील साझा सद्भाव समूह वाशिङ्टन डिसी मेट्रो क्षेत्रको गठन गरिएको आयोजकले जनाएका छन ।

हामी कुनै राजनितिक पार्टी नभएर नेपालको बिकासका लागी सहयोगी र सदभाव राख्ने चेतनशिल र विवेकी सबै नेपालीहरु हातेमालो गर्दै मातृभूमिको सेवामा आफ्नो ज्ञान र शिप छर्न चाहेको ब्यहोरा संयोजक मुकुन्द कोईरालाले बताए ।

 

 

 

प्रतिक्रिया