प्रमोद खरेल र कविता शिवाकोटीको आवाजमा “टालाटुली बाटुली ” भिडियो सहित

इनेप्लिज २०७५ वैशाख ५ गते १०:५४ मा प्रकाशित
रोशन पोखरेल , काठमान्डौँ , बैशाख ५
नेपाली आधुनिक गायनको क्षेत्रमा आफनो  विशिष्ट छवि बनाइसकेका गायक प्रमोद खरेल र गायिका कविता शिवाकोटीको सुमधुर आवाजमा  “टालाटुली बाटुली  ” म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा बाल्यकालको अवस्थाको बारेमा चित्रण गरेको छ । विगतलाई सम्झिदै त्यो रमाइलो गरेको कुरा लाई गीतको माध्यमबाट पोखिएको छ ।
किरण के उप्रेतीको शब्द  र पुस्कर सुनुवारको सङ्गीत रहेको गीतलाई सन्जिव बराइलीले एरेन्ज गरेका छन । सो म्युजिक भिडियोमा राजकुमार दर्जि र मनिशा शिरिष मगर ले अभिनय गरेका छन  । काजिश श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन् । अजय रेग्मीले भिडियोलाई छायाँकन गरेका हुन भने  भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् ।
हेर्नुहोस भिडियो ।

प्रतिक्रिया