अन्तराष्ट्रिय अपराध रोक्न शुरु भयो प्रहरीको ‘अपरेशन मन्डला’

इनेप्लिज २०७५ वैशाख ६ गते ८:५७ मा प्रकाशित

काठमाडौँ, ६ बैशाख । इन्टरपोलबाट प्राप्त सूचनाको आधारमा अन्तराष्ट्रिय अपराधको रोमथाम गर्ने उद्देश्यसहित तयार गरिएको अपरेशन मन्डला अभियान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया र प्रहरी उपरीक्षक प्रेम चन्दबाट मंगलबार शुभारम्भ भएको छ ।

दक्षिण एसिया तथा दक्षिण पूर्वि एसियाका विभिन्न ८ देशहरुमा हराएका तथा चोरी भएका राहदानीहरुको प्रयोगबाट अन्तराष्ट्रियरुपमा हुने संगठित अपराध, मानव तस्करी तथा आतंककारी रुपमा हुने संगठित अपराध रोक्न इन्टरपोल, नेपाल प्रहरी र अध्यागमन विभागको सहभागितामा उक्त अभियान सुरुवात गरिएको बताइएको छ । अभियानमा इन्टरपोलबाट प्राप्त सूचनाको प्रयोग गरी आवागमन तथा बर्हिगमन हुने व्यक्तिहरुको अभिलेख जाँच गरिने प्रहरीले जनाएको छ ।

यस कार्यक्रम हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अध्यागमन कार्यालय बेलहिया रुपन्देहीमा मंगलबारदेखि आगामी बैशाख १३ गतेसम्म पाइलट प्रोजेक्टको रुपमा संचालन गरिने बताइएको छ ।

कार्यक्रममा इन्टरपोल इन्टिग्रेटेड बोडर म्यानेजमेन्ट टास्क र्फोसका संयोजक ह्विक लि लगाएत अध्यागमन विभाग एवम नेपाल प्रहरीका ‍‍ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया