बुधबार, जेठ ९ २०७५ | Wed, May 23, 2018
नेपालको समय: २०:४८ | Washington DC: 11:03

वीरगन्जमा बम भेटियो

वीरगन्ज, वैशाख ६ । वीरगन्ज महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्था कार्यालय परिसरमा बिहीबार बम फेलापरेको छ ।

महानगर प्रमुख विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भर्‍याङछेउ तथा यातायात कार्यालय परिसरमा रातो कपडाले बेरेर राखेको डल्लोजस्तो वस्तु फेलापरेपछि कर्मचारी आतंकित भएर कार्यालय बाहिर निस्किएका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै स्थानको बम निस्क्रिय पारेको थियो ।

बम सामान्य खालको रहेको सेनाको भनाइ छ ।

२०७५ वैशाख ६ गते १४:०८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी