दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन भव्यताका साथ सम्पन्न हुने

इनेप्लिज २०७५ वैशाख ८ गते १:०६ मा प्रकाशित
यही मे ११ देखि १३, २०१८ मा न्युह्याम्पशायर, अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युह्याम्पशायर च्याप्टरको आतिथ्यतामा दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनमा अमेरिका लगायत विश्वका बिभिन्न राष्ट्रहरुबाट सहभागिता रहने र सम्मेलनमा अनेसास राम लामा सर्बोत्कृष्ट च्याप्टर पुरस्कार प्रदान गरिने, च्याप्टरहरुको प्रतिबेदन प्रस्तुत गरिने, अनेसासका च्याप्टरहरुको संस्थागत विकास तथा नेतृत्व विकाससम्बन्धी छलफल एबं अन्तरक्रिया हुने, बिभिन्न पुस्तकहरु बिमोचन हुने, विश्व काब्य गोष्ठी आयोजना हुने, न्युह्याम्पशायर घोषणा पत्र प्रस्तुत हुने अनेसासका अध्यक्ष पदम विश्वकर्माले जनाएका छन् ।
सम्मेलनमा न्युह्याम्पशायर राज्यका गभर्नर क्रिष्टोफर सुनुनु (Christopher T. Sununu), सिनेटरहरु सहभागी हुने सो कार्यक्रममा खाना, आवासको तयारी हुनुको साथै कार्यक्रममा सांस्कृतिक कार्यक्रमको तयारी, कार्यक्रम हल व्यवस्था आदि तयारी भैसकेको अनेसास न्युह्याम्पशायर च्याप्टरका अध्यक्ष कृष्ण गिरीले बताएका छन् ।
यसै गरी अनेसासका महासचिव गोवर्द्धन पूजाले सम्मेलनमा अनेसास बोर्ड अफ ट्रष्टीका पदाधिकारीहरु, अनेसासका पूर्व अध्यक्षहरु, बिभिन्न साहित्यकारहरु, ४० भन्दा बढी च्याप्टरहरुका पदाधिकारीहरु सहभागी हुने हुनाले सम्मेलन भब्यरुपमा सम्पन्न हुने बताएका छन् ।

प्रतिक्रिया