नर्सिङ डाइरेक्टर तथा मोडल सिर्जना महत सम्मानित

इनेप्लिज २०७५ वैशाख ८ गते १०:५१ मा प्रकाशित

काठमाडौँ : “नया बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नया बर्षको पूर्व सन्ध्यामा सुरु गरिएको भक्तपुरमा चौथोभक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ को समापनको दिन बैसाख ५ गते सहिद मेमोरियल हस्पिटलको नर्सिङ डाइरेक्टर,स्वास्थ्यकर्मी तथा समाजसेवी सिर्जना महत सम्मानित भएकी छिन l उक्त महोत्सब भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा भएको थियो l

स्वास्थ्य तथा सामाजिक कार्यमा देश तथा सामाजिक क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानलाई कदर गर्दै नर्सिङ डाइरेक्टर सिर्जना महतलाइ सम्मानितगरिएको थियो l प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाको मेयर बासुदेब थापा तथा औधोगिक शान्ति नेपाल सस्थाका अधक्ष्य सन्दिप महतले उनलाईसम्मान पत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मानित गरेका थिए l

नर्सिङ डाइरेक्टर सिर्जना महत, नर्सिङ डाइरेक्टर, स्वास्थ्यकर्मी तथा समाजसेवी मात्र नभएर एक मोडलको रुपमा पनि चर्चित छिन l सुपर प्लस साइजमोडल २०१८ को सेकेण्ड रनर भए संगै उनि चर्चामा आएकी हुन l आफ्नो पेशा संगै संगै स्वास्थ्य शिक्षा तथा सामाजिक क्षेत्रमा उनले खेलेको भूमिकालाईउच्च मुल्यांकन गर्दै चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ मा उनलाई बिसेष सम्मान प्रदान गरिएको थियो l

लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र मध्यपुर ब्वाइज ब्याण्डनेपाल सस्थाको संयुक्त आयोजनामा भक्तपुरमा चौथो पटक चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५ आयोजना गरिएकोथियो l भक्तपुर आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले भक्तपुरको आन्तरिक तथाबाह्य पर्यटनमा बृदि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र भक्तपुरलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मेलाको आयोजना गरिएको थियो l

प्रतिक्रिया