बिदेशमा सामुदायिक भवनको आबश्यकता बढि कि मन्दिर ?

इनेप्लिज २०७५ वैशाख ८ गते १८:०६ मा प्रकाशित

 

आज बिदेश तिर हरेक समुदायमा नेपाली मन्दिर बनाउने र नाम पशुपती वा बुद्द झुन्डाउने लहड नै चलिरहेको छ ।
भगवान सबैका झा हुन । जुन सुकै जात, क्षेत्र वा समुदायले निर्माण गरेको मन्दिर आखिर भगवानको मन्दिर नै त हो । त्यो सबै हिन्दु धर्म वा बुद्द धर्म भगवान मान्नेहरूको लागि साझा वा सामुहिक नै त हो ।

भगवानले आशिर्बाद दिदा तिमी यो जात, क्षेत्र, बर्ग वा लिड्ग भनेर दिदैन क्यारे । न त कसले बनाएको भनि हेर्छन ।
हामी भन्दा इन्डियनहरू विश्वको हरेक कुना पहेल्यै पुगेका छन र स्थापित पनि भै सकेका छन ।त्यसैले हरेक देश र समुदायमा उनिहरू द्वारा स्थापित मन्दिरहरू पाउन सक्छौ र हाम्रा भावना दुख शुख बिसाउन गरेका छौ ।

भगवान भनेको हाम्रो हृदयमा भएको आस्था, विश्वास र ब्यबहार नै त हो । घरको कुनामा कुनै भगवानको नाममा बालिने धुप र ठुलो मन्दिरमा बालिने धुपमा फरक हुन्छ र ?
ठुलो मन्दिरमा जादैमा भगवानले धेरै आशिर्बाद दिने पनि त हैन होला नि ?

मुल कुरा भगवानको मन्दिर हाम्रो समुदायको वरपर छन र जुन साझा हो। हामीले पैसा पनि तिर्नु पर्दैन तर हामी हाम्रो महत्वकाक्षाको को कारणले आफ्नो मन्दिर वा भगवान बनाउन जुटिरहेका छौ ।

मुल कुरा भावना, सोच र समर्पण हो । पशुपतीनाथ दर्शन गर्न बिश्वभरबाट हिन्दुघर्माबलम्बी हरू आउछन । हामीहरू सात धाम भन्दै भारत जान्छौ । बिश्वभरका बौद्द घर्माबलम्बीहरू लुम्बिनी आउछन ।

मानिसका इच्छा र आवस्यकताहरू अनगिन्ती हुन्छन । तर सबै पुरा गर्न सकिदैन । कुन बढि महत्बपूर्ण र बढि आबस्यकता छ भनि छुट्याउनु आबस्यक हुन्छ । मेरो,आफ्नो, हाम्रो भन्ने भावना आउनु अश्वाभाविक पनि होइन ।

मेरो भनाई मन्दिर बनाउनु हुदैन वा गलत भन्ने हुदै होइन । हाम्रो परम्परा संकृतीको रक्षा गर्नु पर्छ । तर कुन बढि महत्वपूर्ण र कहिले गर्ने भन्ने कुरा हो ।

बिश्वको हरेक समुदायमा नेपालीहरूको बढ्दो जनघनत्व संगै सामुदायिक भवनको बढि आवस्यकता देखेको छु।
हरेक दिन र हप्तामा हुने कार्यक्रमहरू कहाँ गर्ने भनि हामीहरू ठाऊ खोज्न दौडधुप गर्नु पर्ने हुन्छौ । भाडा तिरेर पनि भने जस्तो ठाऊ र समय मिल्दैन । निकै दबियर र च्यापियर कार्यक्रम गर्नु परेको सत्य तथ्य हामी सबैले महशुश गरेकै कुरा हो ।

सबै कार्यक्रमहरू मन्दिर क्षेत्र भित्र गर्न कानुनत: मिल्दैन वा बर्जित गरेको हुन्छ ।

सबै मन्दिर दर्शन निशुल्क गर्न सकिन्छ तर सबै सामुदायिक भवनको छिर्नु पर्यो भने पैसा तिर्नु पर्छ ।
आजको हाम्रो आवश्यकता मन्दिर भन्दा पहिला सामुदायिक भवन हो । यस कुरामा हामी सबै एक जुट र एक मुख भएर लाग्न जरूरी छ।

-महेश भट्टराई

प्रतिक्रिया