बुधबार, साउन ३० २०७५ | Wed, August 15, 2018
नेपालको समय: १९:१६ | Washington DC: 09:31

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको ऐतिहाँसिक जित

लण्डन, १० वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले लिग अन्तर्गतको खेलमा जितेको छ ।

घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई ५–० ले हराएको हो । पहिलो हाफमा २–० को अग्रता लिएको म्यानचेस्टर सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

उसका लागि डेविड सिल्भा, रहिम स्ट्रर्लिङ्ग, केविन डी ब्राउन, बर्नार्डो सिल्भा र गाब्रिएल जिससले गोल गरे । १२ औँ मिनेटमा सिल्भा र १६ औँ मिनेटमा स्ट्रर्लिङ्गले गोल गर्दै पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा थप तीन गोल भयो । डी ब्राउनले ५४, बर्नार्डो सिल्भाले ६४ तथा जिससले ८८ औँ मिनेटमा गोल गरेपछि सिटी ५–० ले विजयी भयो ।

पुछारको वेष्ट ब्रोमसँग दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड पराजित भएपछि सिटीले यसअघि नै उपाधि पक्का गरेको थियो । उपाधि जितेपछिको पहिलो खेलमा सिटीले शानदार जित दर्ता गरेको हो । सिटीले पछिल्लो सात सिजनमा तेस्रो पटक उपाधि उचालेको हो ।

जितपछि चार खेल बाँकी हुँदा च्याम्पियन सिटीको ९० अंक भएको छ । यो चेल्सीले सन् २००४–०५ को सिजनमा बनाएको कीर्तिमानी अंकभन्दा पाँच अंक मात्रै कम हो ।

२०७५ वैशाख १० गते १३:३६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी