बुधबार, साउन ३० २०७५ | Wed, August 15, 2018
नेपालको समय: १९:१६ | Washington DC: 09:31

हत्याका फरार आरोपी पक्राउ

नेपालगन्ज, १० वैशाख : हत्याको आरोपमा फरार रहेका मेराजअलि बेहनालाई १९ वर्षपछि प्रहरीले नेपालगन्जबाट पक्राउ आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिका–१६ बाट उनलाई आइतबार पक्राउ गरेकोे थियो ।

वि.सं. २०५५ असोज २८ गते बेहनालगायत छ जनाको समूहले बाँकेको बालेगाँउमा भारतीय नागरिक सावलीप्रसाद बर्माको हत्या गरेर फरार भएको जानकारी सो अवसरमा दिइयो ।

यसैबीच, बाँके कोहलपुर नगरपालिका—५ पृथ्वीनगरका ५१ वर्षीय कृष्णलाल पौडेल विगत पाँच दिनदेखि हराइरहनुभएको छ ।

यही वैशाख ५ गते औषधि किन्न भारतीय बजार रुपैडिहा जान्छु भनि घरबाट निस्कनुभएका पौडेल अहिलेसम्म घर फर्कनुभएको छैन ।

जग्गाका कारोबारी पौडेलको परिवारस्तरबाट खोजी गर्दा पनि नभेटिएपछि उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ । परिवारको तर्पmबाट वैशाख ८ गते खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दर्ता गराएको उहाँका सम्धी पूर्णप्रसाद लम्सालले बताउनुभयो ।

२०७५ वैशाख १० गते १३:४१ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी