टाउन अफ इन्डीएन हेडका निर्वाचित उप मेयर किरण सिटौला संग को बिशेष कुराकानी :कार्यक्रम प्रस्तोता: गुणराज लुइटेल संग

इनेप्लिज २०७५ वैशाख १५ गते ०:३४ मा प्रकाशित

अमेरिकी राजनीतिमा नेपाली मूलका पहिलो निर्वाचित पदाधिकारी बन्न सफल हुनु भएका व्यक्ति हुनुहुन्छ ,किरण सिटौला । उहां अमेरिकाको मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड (Indian Head) भन्ने शहरको उप मेयरमा चार वर्ष अघि निर्वाचित हुनुभएको थियो ।

वाशिंगटन डिसीको नजिकै पर्ने यो शहरमा सिटौलाको विजय भए पछि अमेरिकाकाका अरु भागमा पनि धेरै नेपालीहरुले अमेरिकी राजनीतितिर चासो राख्ने र सहभागी हुने क्रम बढ्दै गएको छ ।

उहांसंगको कुराकानीमा हामी यहांको राजनीतिमा पाइने चुनौति र अवसर, एनआरएन र नेपालीका ग्लोबल चुनौति, नेपालको लागि विदेशबाट गर्न सकिने कामहरु, नेपालको गैर आवासीय नीति र अमेरिकी सरकारले पछिल्लो पटक लिएको नेपालीप्रतिको नीति जस्ता विषयमा अनौपचारिक कुराकानी गर्ने छौं ।

प्रष्ट वक्ता र सकारात्मक विचारका पक्षमा रहने कीरण सिटौलाजी संग यहांका पनि कुने प्रश्नहरु भएमा हामीलाई इनबक्स गरेर पठाइ दिनु हुन अनुरोध छ । कार्यक्रम प्रस्तोता: गुणराज लुइटेल ।

प्रतिक्रिया