सिण्डिकेटधारी समिती झनै आपतमा, ब्यबसायीहरुलेनै समितीलेनै आफुहरुलाई लुट्नु लुटेको भन्दै यस्तो विद्रोह गर्दै(स्थलगत रिपोर्ट)

इनेप्लिज २०७५ वैशाख १६ गते ११:४४ मा प्रकाशित
यतिबेला सबैतिर सार्बजनिक यातायातमा रहेको सिन्डीकेटको खारेजीको माग आमसर्वसाधारणले गरीरहेका छन् l यो बीच सरकारको नयाँ नियमले यतिबेला सरकार र यातायात ब्यबस्थापन गर्दै आइरहेको देशभरका समितीबीच सानो युद्धनै चलीरहेको भन्न सकिन्छ
सरकार आफ्नो नया नियम मान्नु पर्ने बताईरहदा निजी समिती जसरी हुन्छ सरकारलाई घुडा टेकाउन मनसाएले आन्दोलनका कार्यकममा सार्बजनिक गरिसकेका छन्l आन्दोलनकै कार्यकम अन्तर्गत यातायात कार्यलय कास्की घेराउ गर्ने पुगेका ब्यबसायीको भिडमा पुग्दा केही फरकमत राखने ब्यबसायीहस्रु भेटिए
भिडमा एक जना समितिमा आबद्ध अझ उक्त भनीएको आन्दोलनमा सरिक भएका ब्यबसायी भन्दै थिए “समितिले हामीलाई लुट्नु लुटेका छन् बिमा र रुटको उचित समाधान गरे हाम्रो पैसामा रजाई गर्ने समिति चाहीएको पनि छैन” आन्दोलनमा सरिक भएकै ब्यबसायीबाट यो विचार आउनु अहिले आन्दोलनमा होमीएका समितीहरु माथी ठुलो चुनौती हो l यसैकारण यतिबेला चौतर्फी दबाव महशुस गरीरहेका ब्यबसायीको बिरुद्ध यो अभिमतले विदोह निम्ताउने पक्कै छ
आन्दोलन चलीरहदा संगै रहेको खाजा घरममा चिया गफ गर्दै गरेका युवा भन्दै थिए “यो हो हाम्रो नेपाल जहाँ लुट्न र राज्यको दोहन गर्ने पाउनुपर्छ भन्दै आन्दोलन हुन्” हेर्नुहोस स्थल्गत रुपमा  तयार पारिएको रिपोर्ट

प्रतिक्रिया